भरचुवल आन्दोलन


मन आन्दोलित 
हुन स्वभाविक हो
शिमाना रगतले 
कोरेको सत्य हो
तर युद्ध जितेर 
घर फर्कदा, कुनौटो
आंगन साथीले 
मिचेकोदेखि मन
कता कता 
अमिलो भएर आउछ
अन्न बाली पाक्यो की भनी
पाँच वर्षपछि हेर्दा नी काँचै छ।

कति मरे कति 
बिलाए तर यो
गोर्खाले कहिले 
न्याय पाउने हो?
मन बिथोली रहन्छ 
घोंच्छ च्यास्स,
छोरो क्यमोफ्लास 
लगाई जंगमा
बाबा सेवानिवृत्त 
सैनीक लाठीचार्जमा
अनि परिवार विचरा 
लघु सख्यामा
मुकमा कोरोनाले माक्स 
लाउन आज लगायो
तर हाम्रो अधिकारमाथि
 त् माक्स,,,
लगाईएको कति वर्ष वित्यो,
विश्वासका कोशिकाहरू
प्याचै,,,,प्याचै,,,
कति फुटे कति
प्रेमालापहरू कति चोटी
पारपाचुकेको 
कगारमा ठिङ्ग खड़ा!

कति ठुलो गनतन्त्रको
 कति सानो चित्त
गृह मन्त्रालयले 
पस्केको खोराक
सुपाच्य आजसम्म 
छैन यो मेरो ठाँउलाई
दुई पात एक सुईरो 
सधै छ हरियो
सानो रेल लढ़दै - पढ़दै 
गन्तव्य ताक्छ
बिजुली उत्पादन 
पहिलो तर वर्तमान
ईतिहास भुली 
अरूठाँउ उज्यालो।

कोरोना र ईपिका 
प्राकृतिक बारीमा
मजदुरी बोनस 
कहाँ हो कता हो,
लौ अण्डा जस्तो 
पहाड़की रानी तर
तिमी फुट्छौ प्याच्चै 
कति चोटी,,,चोटी
तर भोटको गन्ति 
लगाई पस्कन्छौ
आधा पेट खाएर
 बाँचेको वर्षौ भयो।

प्रधानजी! विभिन्न 
भेष भुषामा प्रणाम!
कहिले त पहाड़े टोपी 
दौरा र सुरूवालमा
आउ, गेरूवा 
श्रद्धाले पर्खिने छौ,
हामीलाई पनि लद्दाक 
झै खुशीको हाँसो 
चौरी र घोड़ाको
 समुहमा दौड़न देऔ,
भाकेको कशम,लाएको 
माया ढाड़ामा
फुकाउने ठुलो छ 
रहर,साँध सिमा मिले
गाँउने थियो रहर 
र चिनारीको गीत!
निष्ठुरी कारिगढ 
कहिले फर्कने हो मन
सदा जारी छ 
भरचुवल आन्दोलन
अन्तिम शाससम्म 
रहने छ आस
शुर्यको किरणमा 
हिमाल हाँसला
मनको कुनामा 
शान्ति बोलाई ल्याउला।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा