गोर्खे आमाको मन


7.10.2020

हिज मात्र छोरोलाई वर्दीमा
अनुहारमा कालो धशी पठाएको
देश शुरक्षा हित सिमामा धावा बोल्न
ड्रेगन मामाको धम्की घटाउन।

आज अर्को छोरोलाई घरको
समस्या बोल्न देशको हुकुमतमा,
हो मलाई थाहा छ,एउटा...
या विजय हुन्छ यात तिरङ्गा ओड़ेर उ आउछ!

अर्कोलाई धेरै शिक्षा दिएकी छु
घरको हितमा बोलेस है भनेर!
नकी तेरो साथीहरूको स्वार्थ
यसले फत्ते गर्न सकेको छैन घरको जङ्ग!

आमा! डल्ले र तांबाको अचार पठाउनु
भारमा सुकाको मासु र पल्टने अचार
माथि लेकमा प्राणवायु कम छ
मकै भुटेर पठाउनु है! भन्ने सन्देश छ छोरोको!

गोर्खे आमा डेरा न ठहर,
तर उसको निम्ति सिमा सुरक्षा सर्वपरी,
मकै खोनद्र्याङमा जति पढ़कन्छ
आमाको मनको युद्ध तेतिनै पढ़कीन्छ।

देशले दिन नसकेको न्याय सम्झन्छ
घर बस्ने छोरोको चुनौती,
त्यसले कलमको युद्ध सधै हार्छ
खाली हात घर फर्कन्छ मान्छे हँसाउछ।

प्राथना गर्छे विहानै गोर्खे -आमा ,
छोरो त गोर्खाले धेरै पाउन पर्ने रछ
विश्वमा उ कहाँ हारेको छ र!
तर घर र ठहर पो भने झै भएन।

आजको युद्ध कलम र बन्दुक दुबैको
मेरो दाहिने हात सिमामा छ,
देब्रेलाई पठाको छु हुकुमतमा
मकै जस्तै युद्ध आमाको मनमा पट्या- पुटुङ छ।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा