पी पी एसको निम्ति सुझाव

पी पी ए  माथि 
 मेरो    सुझाउ

परमानेन्ट पोलिटिकल सलुसन, यानकी सिधा सिधा भाषामा सोझो गोर्खाहरूलाई विभाजन गर्ने काम नगरि,युटी या त राज्य दिनु पर्छ भन्ने सोझो कुरो राख्न पर्छ जाने नेताहरूले, छैटौं अनुसुची, पाँचौ अनुशुची भनेर भुलाउनुहुदैन।
उक्त पत्रको हिसाबले हो भने सबैलाई आवहान गरिएको छ। यो गनतन्त्र हो तसर्थ  रूलिङ पार्टी यानकी बिजेपीले अरू दलका अनि सघं संस्थाका राम्रो हिन्दीमा या अग्रेजीमा कुरा राख्न सक्ने नेता नेत्री तथा बुद्धीजिवीहरूलाई बैठकमा राख्न सक्नु पर्छ।
पहिलेको जस्तो भुल गर्नु हुदैन।
दार्जीलिङ्गको भौगोलिक परिसथिति र लघु बनाईदैं गएको क्षेत्र फलको हिसाबले, लदाक जस्तो युटी हुन सक्ने सम्भावना प्रबल छ।  राज्य र युटी बाहेक अरू प्रस्ताव केही नराख्नु होला।
यो चिकन नेक अति संवेदनशिल क्षेत्र तथा गोर्खा बहुल क्षेत्र हो। तसर्थ गोर्खा साथै उनिहरूसितै यो पहाड़ र तराईमा बसोबास गर्ने निवाशीहरूको निम्ति केन्द्रले नै यसलाई राखेको उचित हुनेछ।
सरकारले केहिदिनको निम्ति चारानादेखि लोभ्याउन शुरू गर्छ, त्यो नमान्नु, फेरी आठ आना भन्छन,त्यो पनि नमान्नु जब रूपयाँ एक भन्छन या युटी या राज्यमा अउछन तब मात्र यस(yes )भन्नु होला महोर ठोक्नु होला।
 जो पनि वार्तामा जानुहुन्छ पैसाको निम्ति सम्झौता नगर्नु होला।
अरू सबैको आफ्नो राज्य छन। तसर्थ कुनै जातिको निम्ति होईन आफ्नो निम्ति सोच्ने समय आएको छ।
यो कुरा बुझेर मात्र वार्ता शुरू गर्नु होला।
समझौता केही अरू कुरोमा गर्ने आवस्यकता छैन, छैन छैन।
अब हाम्रा नानीहरू पढ़ेका छन, युटी या राज्य बने सरकार चलाउन सक्छन। यो माईण्ड सेट लिएर जानु होला।
आईएएस, आईपिएस छैन , चलाउन सक्दैन भन्ने मानसिकता लिएर नजानु होला।राज्य बने त्यो सबै बन्छ।
महिला नेत्रीहरूलाई पनि सामेल गर्नु होला। भाषा आन्दोलनका नेत्रीले जसरी अन्तसम्म पनि डटेर मान्यता दिलाए त्यसरी नै तपाईहरूले बोल्नु सक्नु पर्छ। जे बनिए पनि कसले चलाउला भन्ने सोच्नै पर्दैन।
जसरी सिक्कीम भारतमा विलय हुदा ,त्यहाँ पोस्ट ग्र्याजुएट कम थिए र कन्ट्र्याकमा अर्को राजहरूबाट नियुक्ती दिईन्थ्यो। तर आज एक एक गरि, डाक्टर, अईएएस, आईपिएस, सबै आफ्नो छन।
कन्ट्र्याकमा आजकल कमलाई लिईन्छ भने , राज्य आफै स्वनिर्भर भएको छ।
त्यस्तै भविश्य दार्जिलिङ्गको हामी देख्न चाहान्छौ।
तेलेङ्गाना राज्य हुन अघि जिटिए लिएर आउनु भएको हो हाम्रा नेताहरूले, तेलेङ्गानालाई पनि यस्तै चारानको सौदा गर्नु केन्द्रले अफर दिएको हो। तर उनिहरू मानेनन। अनि हाम्रा नेताहरूसित पनि रिशाए,त्यो काम नलाग्ने व्यवस्था हो किन थापेको , किन मुर्ख भएको भने, तर हाम्राहरू अर्को पल्ट राम्रो हुन्छ,यो अहिलेलाई ठिक छ भनेर आएका हुन, र आज यो अवस्थामा पुग्यौ हामी र हाम्रो क्षेत्र।
हामी यस्तो स्थानमा छौ, जहाँ जनसख्या धेर छ,तसर्थ सौलियत कम हुन स्वभाविक हो। यो रोजगारीको समस्याले समृक्त भएको ठाँउ हो। यो कुनै व्यक्तीले नकार्न नसक्ने कुरो हो । 
यस्तो अवस्थामा हाम्रो वर्चश्वको निम्ति, भाषा गत समस्या समाधानको निम्ति हाम्रो यो स्थानमा अस्तित्वको निम्ति युटी या राज्य अति आवस्यक छ।
उसले यसो भन्यो, मैले एसो भने, छैटौ पुरानो माँग हाम्रो माँग भन्दै अन्योलमा पर्ने काम छैन।
चाहिन्छ भने दुई कुरा राख्नु होस अटल रहनु होस आफ्नो अड़ानमा।
झण्डा जति साँटे पनि खोई पञ्चायती प्रणाली, यादगर्नु होला हामीले गुमाउदै गएको हाम्रो अधिकार ? खोई एउटा महकुमा? खोई हाम्रो च्यानल? खोई हाम्रो पुस्तक सेण्डिगेट, खोई  हाम्रो मुख्य मन्त्री, खोई हाम्रो धेरै कुरा, तसर्थ हामीलाई सोझो केन्द्रसित जोड़ीन आवश्यक छ।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you