च्यानल
नमसकार!
पण्डित कांशीनाथजीलाई धन्यबाद राम्रा राम्रा फोटो पठाईदिनु भएकोमा। वहाँ एबीएन टिबीमा पण्डितजीको भुमिकामा हुनुहुन्थ्यो।
एबीएन च्यानल बन्द भएकोमा दुःखी पनि हुनुहुन्थ्यो।एउटा मात्र नेपाली च्यानल थियो त्यहा कसैले सहयोग गरेनन भन्नेजस्तो कुरो हो कि भन्ने सन्देह पनि व्यक्त गर्नु हुन्थ्यो।
मेरो अनुभवले भने के भन्छ भने, एउटा स्याटालाईट च्यानल चलाउनु भनेको सानो कुरो होईन, केवल पैसा रूपयाँ मात्र भएर हुन्न, यो समुहले गर्ने कार्य हो। तारतम्य राम्ररी मिलाउन पर्छ।सबैको सहयोग लिन पर्छ , व्यवस्थापनामा त्यस्तो भएन जस्तो मलाई लाग्छ।
अनुभवी व्यक्तीत्वहरूको साथ लिन पर्ने थियो।
पत्रकारितामा होल या त ईलेकट्रोनिक मिडियामा होस , हाम्रो भाषाका च्यानल र पत्रिका बिलाएर जानु भनेको बड़ो दुःखको कुरो हो।
हामीले व्यवसायलाई ईजी र लरथरो सम्झन्छौ, तर गहिराईमा गएर काम गर्न भने भाँति पुर्याउदैनौ, हाम्रो कमि कमजोरी त्यही नै हो।
जुन ठाँउमा हामी बस्ने र काम गर्ने गर्छौ त्यहाँको भुत र देवता दुबैलाई मन्साउने र पुजा गर्ने गर्नु पर्छ।
सिलगढ़ी पाईक परेको ठाँउ , सजिलो, सस्तो, कलाकार, साहित्यकार, व्यवसाईहरूको उर्वर पंखा भ्एको ठाँउ मात्र देखेर माथि माथि दौढ़नु भुल हो।
यहाँ केही गर्न नै पर्छ भने यहाँका संघ सस्थासितको सहयोग र विमर्श हुन जरूरी हुन्छ। नेपाली भाषीहरू सड़कको दुई किनारमा नदेखिए पनि हरेक गाँउ गाँउमा संघ संस्थाको रूपमा बाँचेका छन।
सबैको एक एकवटा सभाकक्ष, एक एक वटा सानै भएपनि हलहरू छन। कसैलाई केही पर्दा हामी सबै एकै मुख भएर आवाज उठाउने गर्छौ।
तर एविएनले कुनै सघ संस्थानसित सम्पर्क राख्ने चेष्टा गरे जस्तो मलाई लाग्दैन।तसर्थ अनुभवी मानिसको कमि थियो।
यहाँ सिक्कीम, डुवर्स , आशाम , देहरादुन सँग सँगै एउटै आधाघण्टा भएपनि सिलगढ़ीका संघ स्थाननहरूको पनि ईतिहास बोल्ने खालको कार्यक्रम भएको भए सायद धेरै टेवा पुग्ने थियो यहाँहरूलाई जस्तो मलाई लाग्छ।
कुरामा कुरा चियामा चिउरा भने झै, हाम्रो पनि त्यो सपना थियो। त्यो च्यानल बन्द हुदा मन छिया छिया नभएको होईन तर, मुख खोल्न पो कसैले चाहन्न त्!
फेरी एक चोटी यो च्यानल खोलियोस भन्ने आशा पनि राख्छु। हामीसित धन नभए पनि अनुभव छ।
"क्वाटनेरी र क्युनेरी "एकटीभिटिज प्रमुख हुन्छ।जहाँ हामी अशफल हुदो रहेछौ, जसको हामीले आवश्यकता नै ठान्दैनौ।
सो चलाउन यङ र ईनजिटिक समौह भए पुग्छ भन्ने ठान्छौ , ग्ल्यामर वल्डले चलाउन सक्छौ भन्ने सोच अलि कटमेरो हो। अघिको देखिने अनुहार भन्दापछिको तन्त्र बलियो हुन पर्छ।
जे होस एउटा प्रश्नको अत्तर दिदाँ यो मेरो भाव पोखाए, सिलगढ़ीले सहयोग गरेन भन्ने धारणा चाहि मेल खादैन भन्ने मेरो अनुभव साझा गरे, सिलगढ़ीमा जस्तो सहयोग पुर्याउनेहरू अन्य ठाँउमा कमै होला जस्तो म गर्वले भन्न सक्छु, तसर्थ फेरी पनि केही नयाँ कार्य हुन्छ भने हामी समुममा सघाउ पुर्याउन तत्पर रहने छौ तर एक राम क्या करे एक लाठी क्या जले भने झै एक्लै भने नौकरी गर्न सक्छौ समुहमा भने सहयोग गर्न सक्छौ।
Comments
Post a Comment