पाठक- फेसबुक मेमोरी

पाठक

आज नी बल्ल घर बस्ने समय निकाले अनि हिज लिएर आएको किताबहरू हेर्न लागें।तीनवटा किताबले मलाई हाँस्दै हेरीराथ्यो खिल्ली उड़ाउँदै।यो लेखकहरू पाठक ता कहाँ हुन र? भन्छन मलाई।लौ ता मलाई जिस्काएको? भनि प्रश्न गरें तीनैलाई। 
हेर्नुहोस! पहिले म धन्यबाद दिन्छु शुसमा मोक्तान दिदीलाई वहाँको बाहुलीबाट दुई पुस्तक पाँए ।अनेक अनेक धन्यबाद र बधाई दिन्छु श्रीमान गौरी नेम्बाङ्गज्युलाई वहाँले सम्झनास्वरूप पठाउनु भएको रहेछ।
तेस्रो भने बिक्री गर्न ल्याउनु भएको रहेछ डा0 जीवन राणा सरले वहाँले यो चाहि थमाई दिनु भएको हो। दाम सय रूपयाँ रहेछ, 'प्रक्रिया' सामयिक साहित्य, वीरभद्र कार्कीडोलीद्वारा सम्पादित।
आज मैले यी तीनैसित निकै बातचित गरें। अनि
भने -,नगिज्याउन मलाई! म एकहोरो भई पढ़न् बसे र कोही पाहुना घर आएनन भने म तिमीहरू सबैलाई पल्टाउने छु।तीनै हाँसी बसे हेरौ न कतिको पाठक बन्न सक्छ्यौ।
 पहिले सबैभन्दा पातलो उठाए,रजत जयन्ती स्मारिका 1985- 2010 सम्मको प्राथमिक पाठशालाको ईतिहास, स्व रामप्रसाद नेम्बाङज्युको नाममा रहेछ । रोचक तथ्य ईतिहाससित म एकैछन रमाए। टिस्टा भेल्लीको कथा रहेछ यहाँ।
त्यसपछि लगतै साहित्यिक भ्रमण, एक संस्मरण, गौरी नेम्बाङ्गजीको पूर्वाञ्चलको यात्रा सगैँ केही समय म पनि यात्रा गरें। छोटो मिठो संस्मरण रमनिय लाग्यो।
त्यस समयसम्म कोही आएनन है।र म पनि अटेरी गरी सबै काम छाड़ी पढ़ी रहें। कस्तो नी यो समय घरी घरी झस्काई बस्छ।यो पापी मन के के भनि बस्छ, आज नुहाउने होईन? शुक्रबार हाट देवीडाङ्गा नजाने? सयपत्री र सागको बिरूवा लिन? खाना चिसो भई सक्यो, के गर्ने पढ़ने मात्र भन्ने गर्छ ।
अट्टेरी गरें सबै कुरोलाई, स्कूल फाईनल दिएर बस्दाको कुरो याद आयो, गुलशन नन्दाको कति मोटो किताब पढ़न वस्दा उठनु मन लाग्थेन, त्यस्तो आजकल हुन्न किन भन्दै तेस्रोलाई सुम सुम्याएँ। 
हिजमात्र राजा भाईको निमन्त्रना साङरिलामा धारावासीजी आउने खबरले मन तेता तिर थियो, यस पुस्तकमा वहाँको कविता विषय लेखिएको लेख रहेछ।वहाँको शैली मलाई साह्रै मन पर्छ र त्यही पहिले पढ़न लागे। खुबै रोचक लाग्यो।
त्यसपछि एउटा घटना याद आयो। म श्रेणी एघारमा लरेटो कलेजमा पढ़दा, मेरी मित्र कान्तुको घरमा टेलिफोन एक्सचेन्जमा बस्ने गर्थे।  उनको पापाले मेरो नाम क्लियोपेट्रा राखि दिएका थिए कारण म राति चाँड़ै सुत्ने गर्थे अलि ढिलो भए मेरो आँखा रातो हुन्थ्यो अनि उनले क्लियोपेट्राका कथा सुनाउथे।यी सुन्दरीले साँपको विष खाएर सधै नशामा हुन्थिन र आँखा सधै उसको रातो हुन्थ्यो रे,र तिम्रो पनि त्यस्तै हुन्छ निन्द्राले मातेकी क्लियो छोरी भन्थे मलाई। पापाको याद त्यसैले गर्दा आयो कारण यहाँ दुमीज्युले लेख्नु भएको ",इतिहासकै सुन्दर महिला क्लियोपेट्रा"को लेख रहेछ, झट्ट आँखा त्यहा पर्यो र पढ़े, खुबै रोचक लेख ।
गहकीला अन्य लेखहरू पनि छन।पढ़दै मात्रथिए दैलो ढक,,ढक,,,को आवाजले अब उठन करै लाग्यो । तरै पनि त्यस आवाजलाई  अट्टेरी गर्दै वाक्य पुरा गरिरहेछु। प्रक्रियाका लेखहरू गहकिला छन गुलशन नन्दाको उपन्यास जस्तै छोड़न नमिल्ने।भरे फेरी पढ़ने छु।डा जीवन राणा सरलाई सिथ्थैमा दिनुनी सिक्कीमका पुस्तकहरूत् भनेर जिस्काएको थिए तर पैसा दिएर किनेरै पढ़ने लायकको रहेछ यसमा परेका लेखहरू, अरू अब फेरी समय निकालेर पढ़न पर्ला।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you