बुहारी दार्जीलिङग
बुहारी दार्जीलिङ
म ईतिहास लेख्दै थिए
आफ्नै समयका व्यथाहरू
एकतिर म मेटिदैँ जादै थिए भने
वक्र रेखाहरू एकातिर
कोरिदैँ थियो
यो कस्तो विडम्वना
मैले मलाई नै चुड़ाउदैँ
यत्र तत्र छरपष्टिएको
देखिरहे थिए
सिङ्गो देशको अगं थियो
विछट्टकी शुन्दरी छोरी
बाबैका दुश्मन -मित्रले
मेरो हात माग्दा
घर वचाउन मेरो
विहे गरिदियो
फेरीत के थियो
बुहारीलाई
जे गरे नी भो
सिन्दुर लगाएर
राखी त दिए नी
नागरिकता पाईयो
त्यस घरको
तर वुहारी केवल जुठेलनीमा
भाड़ा मस्काउन मात्र
न बाबैले केही गर्न सके
न नै शशुराले
प्यास लाग्यो नी भन्दा
परिवारले पाए भो
तिमी त बुहारी पहिले घरको
शुख शान्ति हेर
वाटो पैह्रो गयो नी त
वनाउन् भन्दा,
पर्ख हेर मगंल
यान उड़दै छ!
मलाई एउटा
कोठो चाहियो भन्दा,
पर्ख अरू पनि
छोरा छोरी छन
उसको आवस्यकता
पुर्ती पहिले गरौं
घरको ईज्जत वचाउँ
तिमीलाई जातमा हुलेकै छु
बरू तिम्रो कोठो ठूलो भो
भाई बुहारीलाई भाग लगाऊ
घरको ईज्जत हो ,
बुहारी हु नी,
गर्न केही सकिएन
अब नियम रित रिवाज
पनि देशको र घरको अर्कै
अनि म बुहारी भनि
मेरो चाहिँ अर्कै? किन
अरू छन तिन तल्ले घरमा
म चाहिँ दुई तल्लेमा?
घरको संविधानले जे भन्छ
मलाई त्यही देऊ
भन्न मैले किन सकिन
म बुहारी मात्र हो
यस्तो आचरण किन ?
जब सोनीयाले
भारतको बुहारी भई
दाईजो विनै आई
र छोरोको राजयोगको
निम्ति सघंषरत छिन
भने म त दाईजो सगैँ
आएर पनि बुहारी?
कान्छी परे क्यार छोरोहरू
निक्कमा भए क्यार
बुहारी सुन्दरी ,छोरो सुन्दर सिमामा,
तर सौलियत भने
भएको पनि छिन छान
गरी टु टायरमा पुर्याए
सोनीया तिमीबाट धेरै
सिक्नु छ छोरोहरूलाई
राजनितिको पाठ
सिकाउन बाकीँ छ
बुहारी हु तर देशको
सिमाकी आमा
अब मेरो अधिकार माग्न
Comments
Post a Comment