ओ गोर्खाल्याणड!



तिमीलाई घर आउ भनेको नी
कति समय भई सक्यो थाहा छ?
तिमीलाई भित्र्याउने रहरमा कतिले
मज्नु बन्न पर्यो त कति चिर-रांझा बने।

ओ गोर्खाल्याण्ड! जब जब पनि चिच्याउछौ
प्रशासनले एउटा हात काट्ने गर्छ तिम्रो,
 प्रेमि- प्रेमीकालाई लामो उपवास बस्न लाउछ
अनि साङ्गे गर्ने दिनमा ,तम्बु गुटमुटा भन्छ।

जब जब चुनाव आउछ ,जनतालाई भ्रममा पारी
झण्डाको ब्यपार गरि,मोदीको गल्ला भर्छौ,
तिमीले हाम्रो रगत पसिना सुकाई,
कहिले अस्थाई त कहिले जिएलपी बनाउछौ!

ओ गोर्खाल्याण्ड! हामीलाई बेघर बनायो
छोरा छोरी सबै परदेश- दुरदेश लगायो,
काम धन्धा बन्द गरायौ, सुन्दरीको नजर उतारौं
कतै शाशक मख्ख परेर पो तिमीलाई भित्र्याउने हो की?

हेरन् कश्मिरी पण्डितसम्मको दिन फर्क्यो
 सिनकोना र चिया बगानको भने निकोटिन मात्र
कहिलेसम्म जात र गोष्टीमा भुलिने हो हँ?
ओ गोर्खाल्याण्ड ! तिमी आउदा तिम्रो नौरार अर्कै हुने हो!

मेरा बाको रगत पसिना सुकेको छ सिमानामा
औंलाहरू लेक लागि तप्प तप्प चुहेको छ,
तर ओ गोर्खाल्याण्ड! किन तमाशा मात्र देखाउछौ?
एउटा भाको सिट पनि दिल्ली पंजाब आशाम दौड़ाउछौ!!

कति गर्नु कुरा गरि साध्य छैन,राज्य र केन्द्र
चाकाली- चुकलीको खेल मात्र हो है हिरो!
लाग्छ मलाई यहाँको राजनिति सदा पिरो,
ओ गोर्खाल्याण्ड! अब के नै रह्यो र ,,,फेद न टुप्पो??

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा