पिपिएस




के हामी अब सरकारलाई विशवास गर्न छाड़ेका हौं? सबैलाई चांसो भएर पनि शान्त किन छौं? हामीलाई परिसथितिले यति पिल्सायो, घाउ पिरोल्ने छ तसर्थ केही न चाहिये झै चुप लागेगा छौ।
भनौ नै भने अब यो हाम्रो पालो हो पाउने, अब यो हाम्रो पालो ,मानो पाथी चुली पारी सरकारले हामीलाई दिनु पर्ने। 
आन्दोलित धेरै भयौ। संसाधन बिहिन बनाए हामीलाई, छदाँ छदैको संसाधनहरू आन्दोलनको नाममा धेरै बिथोलिए। 
अब संसार बदलिदा हाम्रो पनि बदलिने पालो हो। सरकारले हामीलाई लो लो पोतोमा नराखुन भन्ने चाहाना छ।
यो मेरो मेरै समाजको निम्ति आवाज हो। हामी सड़कमा उतरिएर केही नगरे पनि राज्य सरकार र केन्द्र सरकारको रानी र प्याधाको चाल हेरी रहेका छौ। चस्काई र भोगाई- सित  पिल्सी रहेका छौ।
साथै राजनैतिक दलका नेताहरूको भनाई र विचार,द्वन्द र प्रतिशोद पनि विचार्ने गर्छौ। एउटा शिक्षित नागरिकको हैसियतले , संविधानको धाराहरूमा बहदै यतिनै भन्न चाहन्छु, हाम्रो चाहाना युटी भन्दा धेर हो  ,युटी भन्दा कम नहोस।
सिधान्त र दलको कुरोलाई धेरै भयो हाम्राहरूले अप्नाएको, सम्झौता गरेको,तर सरकारले सठिक मार्ग दर्शन हामी प्रति गरेको छैन। 
तसर्थ सरकारले दार्जिलिङ्ग जिल्ला, कालेबुङ जिल्ला, महकुमा परिषद,तराई अनि दुवार अञ्चललाई के कसरी मिलाएर हुन्छ, यहाँ बसोबास गर्ने गोर्खा समुदायको भलो कुशारी गरिदिया जावोस।
आभार पनि प्रकट गर्न चाहान्छु, पद्म श्री सम्मानले गोर्खा विभुतीहरूलाई सम्मान दिनुभएकोमा, साथै बनबस्तीको समस्या समाधानको पाईला चाल्नु भएकोमा, तर उदासिनता सदा रहने छ यदी गोर्खा समुदायको हितार्थ ठोस कदम नचालिदिए।
सरकारले खुलाशा गर्ने समय आएको छ। पिपिएस के हो। हातमा यति धेरै बागडोर हुदा पनि वर्तमानमा केही नगरिदिए, कहिले पनि सरकारले हाम्रो हित नचाहने रहेछ भनेर हामीले बुझ्नु पर्छ।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा