ईलाम

अर्थनितिको पैया लाउन
सौंदर्य र परतन्त्र छन लिलाममा
छुर्पी, सिलाम र गुड़पाक छन ईलाममा
म सपना देख्ने गर्छु कताकता
रेल गुड़ेको अनि अचार चाटेको सिलामको!

बाटा घाटा अलि अपठेरो कताकता
माता पाथिभाराले भन्छन आउन सक्छौ यता?
चिया यहाँ मंग मगायो, व्यथा बोल्छ दार्जिलिङ्गमा
डल्ले र हर्दी,अलैंची आलु भगरलतै छन
रेल गुड़ेको उज्यालो किरण हेर न् वृक्षजालमा छिरेको!

चालकको भुमीकामा छन गौरब गुरूहरू
केवल ध्यान दिन पर्ने पैरो र लिसाईलो माटो बहेको
लालुपाते र क्याम्पसले आकृष्ट गर्यो मन
रमाई रहेछ आज सयपत्रीसित यो तन
रेल गुड़ेको छुक छुक कु कु देख्छु पर्यटन सपनामा।

संसकृति हाम्रो ईन्द्रेणी रंगको
किवी र फामफल छुर्पी बड़े बड़े झुण्डिएको इलाममा
हाम्रो सहरतिर त देख्नै छाड़ी सक्यो अब
कोरोनाले सहर छोड़् अब गाँउ पस भन्छ
सौंदर्य ईलामको लिलाममा छन स्वाद सिलाम

Comments

Popular posts from this blog

यावा

लाै घुम्न जाउ दार्जीलिङ

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021