गुणाशो



जवान तिम्रो  व्यथा
प्रकृति आपदाले लुट्यो
तिम्रो सुन्दर जीवन कथा
हिमको नदी वन्यो
आतंकको पिस्तोल
जैजै महाकाली भन्नै नपाई
यो निष्ठुरी हिम पैरोले जित्यो
कति स्वाश गुम्सियो होला
एका एक अर्धाङ्गीनी 
समझना गर्यौ
 सुन्दर बालक 
घर आगंनमा
खेलेको झल झल
 देख्यौ होला
त्यती मात्र होईन 
देश र छात्तीको
तकमा टल्काउन
 हिड़ेका पथिक
तिम्रो यस्तो 
मृत्युमा प्रकृतिसित
केही गुनाशो छ!
दैवसित केही द्वन्द 
देशको व्यवस्तासित पनि
केही न केही 
आशा र विश्वाश छ
अमुल्य रत्नहुन ,यसरी
सनसाधनको बरवादीलाई
देश! यस्तो आपदाको निवारण
लौ चाड़ै गरौन 
,मगंल यानमा जाने
रकेटलाई सैन्यबलको 
आपदा रोक्ने
ज्याकेट बनाऊ
,यसरी सहिद भये
तर हाम्रै निम्ति थिए त्यहाँ
मौसमको मिजाजसित पनि
लड़न सक्ने बनाउ मेरा
रकक्षक सैनिकलाई!
यो आतकंलाई हटाउन
प्रशाशन तिमलाई 
चुनौति हो!
ती वारूद -गोला 
लादिएको शरिर
हिउदमा काप्नु हुन्न,
यसरी उनको परिवार 
एक्लो पार्नु हुन्न
आज यो अर्जी 
मेरो देशलाई छ
आज यो सोचँ  मेरो 
ती जवानलाई 
आपदादेखि बचाउने छ
यो सामाजि लड़ाई मेरो
अब देशसित छ
जवानको प्राण
 अमूल्य भेषमा छ
मेरो कमाईको केही अंश
 पनि यो देशमा छ!
 त्यसको सदुपयोग होस 
प्रकृति आपदा  निवारणमा
प्रयोग होस! प्रयोग होस!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा