टुईन्स

कहिले काँही 
जम्ल्या हुन मन लाग्छ
शुक्षम प्राणको 
आवरणलाई 
यसरी छुट्याउन
 मन लाग्छ
कति हो कति काम गर्न 
ऐनासित पारपाचुके 
गर्न मन लाग्छ
प्रतिविम्ब कति
 देखाउन सकेको
निरन्तर परिवर्तन 
हेरिरहेछ
जिस्काउछ मलाई 
कति हेर्छौ भनी!
कहाँ जान लागेकी
 प्रश्न सोधे जस्तो लाग्छ
हेरन **वर्ष वितेर  
बाईस लाख्यो
लौ अब चाड़ो गर काम
समय र नदीलाई रोक्न सक्यौ?
भने जस्तो मलाई लाग्छ 
खै के के लाग्छ लाग्छ
जब म एक्लै बसी ऐना हेर्छु
मलाई मेरै ईतिहास
 सुनाए जस्तो लाग्छ
त्यसैले उसलाई
 हेरी के के सोँचे
अनिता हाँसि दिए नी  ता!
के भो र आखिर 
मेरै प्राणसित हो
तर मलाई तिमीले 
खिशी गरे जस्तो लाग्छ
जे नै भन जस्तो 
समय ल्याए पनि
मेरो अनुहार हेरी
 तिमीले मलाई 
नचिने जस्तो लाग्छ
माया नगरे जस्तो....
जस्तो लाग्छ
तर मेरो मुस्कानले
 तिमीलाई सधै सोधि रहन्छ
यो मनुष्यले पाएको गुण हो
सधै समय सगैँ 
छरि रहौ जस्तो लाग्छ
 मलाई काम निपाट्याउन 
जमल्याह हुन मनलाग्छ!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you