आँशु अविरल
आँशु अविरल
म रोए जस्तो के गरें थे उसले फर्केर हेर्यो तर केही नभनि आफ्नो बाटो लाग्यो म फर्केर हेर्ने कोशिस गरिरहें,उसले ट्याक्कै पो फर्केर हेरेन, केही मजबुरी थियो होला भनि ठाने, तर ,,,,तर त्यो कस्तो मजबुरी हँ! म बिना उसलाई ट्याकै नहुने हो, तर आज रिम झिम हिँउ पर्यो, चिसो बतास र हावा हुरी चल्यो, तर उ ट्याकै फर्कन सकेन। मेरो आँङमा घाम लागेन, मलाई धमिराले खाई रह्यो।किरा फटेङ्ग्राले सताई रह्यो तर पनि उसले परैबाट मात्र सम्झना गर्यो,त्यो पनि उसको मजबुरी कै एउटा हिस्सा थियो। मेरो आत्मालाई रूवायो, शरिरलाई घना जङ्गलमा लुकाई राख्यो। मेरो जागिरलाई चियान डाढ़ामा दफनाई दियो, अनिता फर्केर ट्याकै हेर्न सकेन। गब्बरको सामुने नान्चन लगाई, मदारीको तमाशा हेरे झै गरि कटौरीमा ट्याक्क ट्याक्क पैसा बजाई रह्यो नलिउँत दिन भरीको शिकार लिउँ त् त्यो घोटालाको शिकार, कस्तो विडम्बना हो! तर उसले नियालेर हेर्नसम्म सकेन।
म पछिबाट हेरी सम्झि रहें, सायद राम राज्य फेरी फर्केछ क्यार, सिताले न्याई नपाउने हो, प्रशाषण भित्र हाम्रो निम्ति सदा कुशाषण पनि भन्न कहाँ मिल्छ र, तर थर,र,,र काम्दै शुकिसकेको गुलाब देखाँउने जावो यो दिन, खै तर उसको मजबुर जिवनदेखि म आज छक्क परें,तपाई जे सोच्नु हुन्छ ,सोच्नु होला, तर म नबोली सक्छु,न पारदर्शी नै हुन सक्छु कारण उसले आज हेरेंन, पहिले पनि त् बुझेन, भविष्यमा झन के गर्ला जसले आज हेरेन भोलि के हेर्ला र,होस बरू नित्य आफ्नै धुनमा मैले आज बाँच्न सिक्नु पर्छ क्यार! तिम्रो मजबुरीको फाईदा उठाउन मलाई ट्याक्कै मन छैन। म रोए जस्तो मात्र के गरें थे सायद उ पनि रोयो होला र गह भरीको आँशु नदेखाँउ भनी उ कहिल्यै फर्केन, म तर जहाँ थिएँ त्यहि नै केही धुन गुणगुणाई रहें, उसैको पिठ हेरी सम्झना गरि रहें सायद उसको मन कठोर छ क्यार, एक दिन टन टलापुर घाम लागि देखाउछु, पत्रमोचन गराई टुक्रा टुक्रा अवस्य गराउछु भन्ने शकंल्प आज लिदैं उतिर फर्केर सिकुवामा मेरै हो यो भनि बसेकी छु।
Comments
Post a Comment