नेटवर्क हराएछि

तिम्रो कोमल मनमा ठेस पुगेछ
मायालु! मनलाई   दोष नदेउ
त्यो त तिमी चलभाष नेटवर्क
वाहिर थियौ  नकि   मेरो दोष!

आज तिम्रो डोली  सजेथ्यो
आनन्दको अनुभुति गरे मैले
तर कानमा  खुशुक्क  भन्यौ
कति निष्ठुरी हल्लोसम्म गरेनौ!

तिमी पहाड़की रानी बन्छौ जसै
तब ढाड़ाले जियोसम्मलाई छेक्छ
म त यहाँबाट  तिमलाई चियाउछु
तर तिम्रो मन छिया पारेछ दुरिले।

अर्को पल्ट यस्तो नहोस , एप हाल
दुनियाँ भरमा नभुल सठिक छान
नत्र दोष मलाई नदिनु वेतारे सम्बन्ध
लाग्दैन जता ततै  मनको झनकार सुन्नु।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा