चिप्लिएको बागडोर
कचल्टिएको राजनित
भित्र शुखद भविष्य
हराएको देखि हैरानछु
राहु केतु भ्रामरी सबै
हामीलाई लागेको छ क्यार
घरी घरी त हामीलाई
आफल ताफल गर्नेहरूलाई
सोच्दा पनि पो मन अमिलो
न देश भित्रका न बाहिरका
कटपुतली केबल चुनावका।
एक कोशिका भएका नेता
एमिबा जस्तो दुई कोशिकामा
चट्ट चट्ट चुड़ी रहने जेलीमात्र
सोंची ल्याउदा मन अढ्याउने
चौतारी डिल केही छैन है!
कहिले काँही आफैलाई
विदेश मै छौ जस्तो पो लाग्छ
त्यसो भए मेरो देश खोई
भन्ने प्रश्न मनमा उठछ
धुन मात्र मेरो गीत तिम्रो
परिश्रम मात्र सदा मेरो
पौरख चाहि सबै तिम्रो?
वाह वाह समय जति बित्दैछ
आँखा मेरो नम भएको छ
ललिपपमा तिमी भुलेको
अनिता अन्धकार तिर लम्केको
सुनामी भन्दा कम छैन यो
हावा हुरी बतास केवल यो
दरवार विनाको रानीले भोग्छ
हामीलाई बन्दी भएका स्लेब
बाहेक केही केही ठान्दैन हँ!
Comments
Post a Comment