नाना



हामीलाई नान भन्छिन
फूल किन्न जादा मिरिकमा
हामीले पनि नानाको फूल
बघैँचा नाम राखेका छौ,
आज कोरोना कालपछि
फेरी फूल हेर्न गयौ
मिरिक पुग्नै लाग्दा गोलाईमा
भाई रशिक फटाह छन
फूललाई बेच्नँ भन्दा अधिक
माया गरेर राख्ने गर्छन,
यस पल्ट भने लक डाउनले
चुनौती नै थियो साना व्यपारीलाई
मैले सोधे भाई यो कालमा
के के गर्नु भयो त?
हाँस्दै भन्नु भो, क्याकटस
र केमलियासित रमाएँ
पर्यटकहरूको निम्ति सपना सजाएँ
भ्यालानटाईन कपलको निम्ति
साना साना हट बनाए
समय धेरै  पाँए गुलाब
साटासाट गर्ने सजिलो
सिढ़ी बनाएँ, हेरेर कविता
राम्रो लेख्नु होस,उषा र
अञ्जनालाई ल्याउनु होस
मेरो घरमा एकदिनको
पाहुना अवश्य बन्नु होस।

हामी सिलगढ़ीमा गर्मी
लागेपछि यस्तै घर परिवेशको
कल्पना गर्छौ ,त्यस्तै रहेछ।
नयाँ चाहि के थियो त्!
स्वभाविक प्रश्न हो!
फूल बघैँचाले स्वागत गर्छ
चियाको बुटिकले आकृष्ट,
बाँसका रेलिङ र चौतारीले
बिसाउने मौका दिन्छ भने
लोकलमा भोकल वाईनले
तपाईको मुहाँरमा मुस्कान
बाक्कल जलाएर पलिस गरि
तैयार चारपाईले मन्त्र_ मुग्ध
त्यसैको सुन्दर सिलिङ रछ,
घुम्ने टेबल,गुलाबी ढ़ाड़ा घर
चियाको चुस्कीसित चिसो हावा,
वाह! उद्धमीलाई कोरोनाले
कहाँ छेक्छ र,यो कला
सबैमा भए!काटेर फ्याक्ने
काठका टुक्राले बनाएका
टेबलमा एक दिन खाना- खान
मन भए, अवश्य रसपान
गर्नु होला ,यो पिङक भिल्लालाई!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा