मौन धारण

मौन धारण

आज उ साचै मरेछ!
मैले सोधे को हँ?
बिचारा समाज सेवी थिए
मानिसको सेवा गर्थे
विरामीहरूलाई ओसार पसार
गरि निको पार्ने गर्थे
लाते भकुण्डो उनको प्रिय खेल
सबैलाई जंगल बिच
एउटा ठुलो मैदानमा
खेलाउने गर्थे,
देशका भक्त सिमा रक्षक पनि हुन ,
फेरी मैले सोधें 
वहाँको नाम चाहि के हो नी त?
खै नाम जान्दिन तर 
तालु अलि चिण्डे
अग्लो हँसीलो अनुहार बिचारा
मैले सोधे कँहि केरो भाईको
कुरोत गर्नु भए होईन?
हतार हतार नेट खोले र फोटो देखाएँ!
अरे उनी नै हुन!
मैले भने उनको फेसबुक
हिजसम्म चल्दै थियो
कसले चलाउदै छ त!
हामीलाई केही खबर भएन त?
कसैले चाल पाएका छैनौ,
भाई ,तपाईले अरू कसैको कुरो
गर्नु भयो होला,मेरो भाई हुन सक्दैन,
तर्क- वितर्क गर्दै घर आएँ
उनीहरू टोटोमा चड़ी बजार लागे,,,,
घर आएर फोन लगाएँ
ती भाई त जिउदैँ छन
बात गरें कस्तो अचम्भ
म सोचमा परे!
न उ राजनितिज्ञ, नता ठुलो व्यपारी
एउटा विचारा पेन्सनर,
खटी खाने मान्छे,
राम्रै उसको फोटो 
फेसबुकमा माला लगाई
सजाएर साधारण मानिसलाई
मौन धारण गर्न लगाई,
सरौ उठाएर लापत्ता हुने मानिसहरू
पनि जन्मिएछ मेरो बिराद्रीमा!
लौ है समाज सेवी हो!
चनाखा बस्ने समय आएछ
धेरैलाई उपकार त कसैलाई लशुण!
यस्ताहरूलाई चाहि
के गर्नु पर्ने हँ??
कोरोनालाई गोहार्नु पर्छ होला!
बिचारा भाईको आयु लामो होस!
लुतो ग्रह जावोस,
अचम्भको संसारमा
कोरोनामय वातावरणमा
मनै काँडे दार कोरोनामय भएछ,
सत्य घटना हजुर!
खोजीमा छु म उसको,,,???

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you