अध्याय

अध्याय

आज गर्न त केही मन लाग्दैन
 फेरी तर मर्न पनि मन लाग्दैन
अनुसाशन घर बन्दी धन ठाँने
यसलाई नयाँ  अध्याय माँने।

कति अध्यायहरू पल्टने हो यहाँ
जिवनका गोरेटो सुल्झने हो जहाँ
नियमावली परिवर्तन हुने हो तब
सभ्यताले कोल्टे फेर्ने नै  हो अब।

अचम्भ छ आज को ,,हुन विकशित
अनौठो छ प्रश्न को हुन विकाशशिल
को ,,,हुन शत्रु को नै  हुन नी था मित्र
आमैको चुलाको नुश्का नै छ विचित्र।

पैस पैसा भन्दै दुर देश परदेश लागे
मजबुरी थियो नत्र घर छाड़ी किन जाने
चकित बनायो दुनियाँलाई अद्रिष्य आज
प्रकृतिले नियम बदलिए छ थाहै भए आज।

नब्बे साल पाको बोजु आज फर्कीए घर
तीन वर्षे अन्तिम श्वास मन भरि छ डर
छुन हुन्न न रून हुन्छ पाईन्छ जान घाटमा
यस्तै हो भने अब उसो के नै त छ साथमा।

हेर्दा हेर्दै  भित्र बाहिर सबै छ्याङ्गै देखियो
 निलो रेनकोट र निलो गाम्छा मुखमा बेरियो
अनिता भागे- भागै भा छ समाधान निर्णयहरू
अध्ययन र अध्यायको होड़ पानामा निर्णयहरू ।

दुनियाँले ती बुनेका सपनाहरू छन  स्तब्द
कायर आफै भन्न मन कतेह छैन अस्वास्थ्य
 यो नयाँ अध्याय पनि नसुल्झने होईन त्यसैत
समय तर बलवान हिसाब अमेल अस्त व्यस्त।

जुन दिन दैवले मिलाउछ संसारको समिकरण
तब सभ्यतामा नयाँ पालुवा पलाउला अविरल
 फेरी एक चोटी खुशी  र शान्ती सलबलाउला
सबक मानवताले एका एक  फेरी केलाउला।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you