चियाको माया

शुभाष

सिमानाले रोज्यो हजुर
किनाराले रोज्यो
मेरो दोष होईन हजुर
विधाताले सिमा कोर्यो हजुर!

डोको र नाम्लो होईन हजुर
चियाको मुनाले रोज्यो
अग्रेज हुकुमत होईन हजुर
मनोरम दृश्यले रोज्यो!

पिरथी गांसन होईन हजुर
परिश्रमले रोज्यो
जीवन सैली सरल छ हजुर
महगांईले चेप्यो हजुर!

कन्चनजङ्गालले होईन हजुर
ठिहीले नै मार्यो
तिम्रो र मेरो पिरथी हजुर
न्यानो भै बाँच्यो!

हावा बतासले होईन हजुर
उड़ायो हुरीले
परदेशमा शुभाष छर्यो हजुर
दुई पाते सुईरो हजुर!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you