चियाको माया
शुभाष
सिमानाले रोज्यो हजुर
किनाराले रोज्यो
मेरो दोष होईन हजुर
विधाताले सिमा कोर्यो हजुर!
डोको र नाम्लो होईन हजुर
चियाको मुनाले रोज्यो
अग्रेज हुकुमत होईन हजुर
मनोरम दृश्यले रोज्यो!
पिरथी गांसन होईन हजुर
परिश्रमले रोज्यो
जीवन सैली सरल छ हजुर
महगांईले चेप्यो हजुर!
कन्चनजङ्गालले होईन हजुर
ठिहीले नै मार्यो
तिम्रो र मेरो पिरथी हजुर
न्यानो भै बाँच्यो!
हावा बतासले होईन हजुर
उड़ायो हुरीले
परदेशमा शुभाष छर्यो हजुर
Comments
Post a Comment