राजा पुण्यानी द्वारा संकलन गर्दै गरेका नारी हस्तक्षरहरू

दार्जीलिङ-सिक्किमतिरबाट लक्खीदेवी सुन्दास, कमला सांकृत्यायन, सावित्री सुन्दास, माया योञ्जन, सानुमति राई, मटिल्डा राई, सम्पूर्णा राई, मायादेवी छेत्री, वसन्ती शर्मा, सरिता राई, पुष्पा राई, राधा रसाइली, ड. शोभाकान्ति थेगिम, गीता शर्मा, ड. शान्ति छेत्री, उषा दर्नाल, मातृका गजमेर, सुशीला सुब्बा आँशु, इन्द्रमणि दर्नाल, खिरोदा खड़्का, विन्द्या सुब्बा, मणिका मुखिया, सुशिला तामाङ आँशु, स्नेहलता राई, कमला राई जस्ता विदूषी नारी हस्तीहरूले नेपाली साहित्यमा नारी लेखनको स्वर्णिम जग हालेका हुन्। 
त्यसपछि ड. कविता लामा, ड. वीणा हाङ्खिम, सुधा एम राई, ड. सुजाता रानी राई, सविता गोम्देन, ड. नीना राई, कमला राई आँसु, ड. साङ्मु लेप्चा, मुन्नु गौतम, ड. रेमिका थापा, ड. रिञ्जी इडेन वाङ्दी, वेदिका राई, ड. राजकुमारी दाहाल, तारा लोहार लेप्चा, अमला छेत्री सुब्बा, ड. पुष्प शर्मा, उषा शर्मा, रचना राई अनाकार, उर्मिला घिसिङ, कौशिल्या मुखिया, भीमा राई तोलाछा, उषा किरण सत्यदर्शी, अप्सरा दाहाल, सुमित्रा अविरल, उषा नन्दी गहतराज, सविता थापा सङ्कल्प, अनुपा राई, रजनी राई पेघा, लतिका जोशी, ललिता जोशी, दक्षिणा योञ्जन, दीपा राई, मनिका शर्मा, लुइस विष्ट, ड. सृजना शर्मा, कविता सुब्बा, ड. गीता छेत्री, नीरा सुब्बा नेचाली, पी लक्की शेर्पा, सरिता समदर्शी, पवित्रा लामा, सरस्वती मोहोरा, योगिता राई, शीला लामा, कमला तामाङ, नमिता बल, द्वारिका छेत्रीहरूको गौरवान्वित हाँचले नेपाली समकालीन नारी लेखनलाई सबल नेतृत्व गरेर ल्याएको छ। 
अहिले आएर बबिता मादेन, निर्दोषिका तामाङ, सन्ध्या आचार्य, बिनीता छेत्री, अनुपा राई, नीलम गुरुङ, तारमित लेप्चा, मोनिका राणा, कोमल केरुङ सुब्बा, कृतिका लुबिना, दीक्षा योञ्जन, आरती मुखिया, ज्योत्स्ना घतानी, कृतिका खनाल, सुधा सङ्गम, मन्दिरा रावत-हरू र अरू पनि थुप्रै नयाँ छिमलका नारी सर्जकहरूको लामो लश्कर महिला-मुक्तिको सर्जकीय प्रतिवादको यात्रा हिँड़िसकेको एउटा स्वप्निल टाइम-स्पेसको साक्षी छौँ हामी। 
---
(एउटा आउन लागेको कविता किताबको भूमिकाबाट। यो सिङ्गो सूची होइन। न नै यो इतिहास लेखन हो। छुटेका नामहरू थप्न तपाइँहरू स्वतन्त्र हुनुहुन्छ। मैले इन्टेन्सनल्ली छुटाएको होइन है)

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा