माँ- उ, बा-उ
माँ-उ-बा-उ
आज मेरो कविताको पाना
पिर् पिर् गर्दै च्यातिएको देखेँ
सकलो मान्छे पातिएको देखेँ
सभ्य छ दिनमा साझ परेपछि
सिगरेट धुवा रूमलिदैं सभ्यता
उड़ेको देखेँ
रक्सीको नशासितै अशलिलता
बड़ेको देखें
हो उसको दुई रूप मैले देखें
एकातिर सभ्य संसारको सकलो
मान्छे देखेँ
अर्कोतिर पत्नी-पिड़ीत परिवार
धान्न हम्मे
छोरा छोरी आमाको माँउ देखें
तर नशा भित्र भित्र पिरो धुवा
घुमेको मात्र देखेँ
निरलज्ज कोठाभित्रको चित्कार
मैले आज देखेँ
यति असहाय उसलाई सभ्यताले बनायो
बाध्यताले बनायो या त रूढ़ीवादले वनायो
म यसैको खोजीमा छु
मनोविज्ञानको सिमादेखि बाहिर हुन्छ
सभ्यताको सिमापार गर्छ
बिभध्स्व दुनियाँ उसको चार दिवार
के थाहा नानीहरू बाबा निदाएको देख्छन
आमाले उसलाई आदर्श छोरो ठान्छ
समाजले सभ्य मान्छे
खोई के के मा समिकरण नमिलेर हो
पत्नीले पारपाचुके नगरी क्रुशमा झुण्डाएको देखेँ
अब नशा नशामा नशा नाँच्न थाल्छ
अनि ता उसले सबै नारीलाई
उस्तै उस्तै ठान्छ
धुवा पक्रेर गोजीमा हाल्न खोज्छ
आफैलाई महादेव ठान्छ धतुरो भन्दा नी
विशाक्त हुन्छ
आफ्नै शरिरलाई खोक्रो पार्न खोच्छ
यस्तै एउटा सभ्य पुरूषको
दुई रूप मैले आज यहाँ देखेँ
अनुहारमा निहाली हेरे लालिमा चड़े जस्तो छ
आँखाका तलामा कालीपन छाएको छ
घामको उजेलीमा चस्माले ढाकी राख्छ
समाज विद हुन पानी र स्वच्छताको चौकीदार
तर साझ परेपछि बन्द कमरोमा
एउटा कविता मैले च्यातिएको देखेँ
एउटा बाबुको क्रन्दन नशामा धुवा झै
कालो राखमा उड़ेको देखेँ
मेरा कविताका शब्दहरूले ती विभत्सतालाई
शब्दमा जोड़नै सकेन
समेट्नै सकेन त्यसले के के अर्थ लाग्ला
यो समाजको एक पैयालाई धक्का लाग्ला
तर यस्तो जीवन सभ्यताले
धुवासम्म पुर्याएको मैले आज देखेँ
एउटा कविता च्यातिएको देखेँ
Comments
Post a Comment