रून मान्दैन

रून मान्दैन

आज मेरो कलम ट्याक्कै
रून मान्दैन
साहित्यकारहरूको अपमान
सुन्न मान्दैन
राजनितको भाषा बाङ्गीये
गनतन्त्र आउदैन
शिक्षाविध नचिन्नेलाई समाजको
बिरोधाभाश छ
मेरो आमा मात्री भाषा आज
रून मान्दैन
मेरो भुमिलाई सञ्चले बाँच्न देउ
अन्याई सहन मान्दैन
मेरो कलम आज ट्याक्कै
रून मान्दैन
मेरो भाषाका टेगोरहरूलाई
काराबास दिने
तानासाह ट्याक्कै मान्दैन
यहाँका शिक्षाविदहरूको शिक्षाले
विश्व शासन गर्छ
यहाँका शान्तीका प्रतिकहरू
शन्त बनेका छन
यहाँको फल र चिसो हावा खाने
अनि जरा काट्ने
तिम्रो समिकरण यस्तो बन्दैछ
यो स्वतन्त्रताको युद्ध होईन
यो राजनित चाल खेला अब छाढ़ीदेउ
जीवन वेसुरा नहोस
त्यसैले आज मेरो कलम ट्याक्कै
रून मान्दैन
धारिलो भई ती मेरा पुज्य विदहरूको मुक्तीमा
आवाज उठाउन 
तातो रगत झै नसा नसामा बग्न चाहन्छ
त्यो सुप्त ज्वालामुखीमा एकचोटी
तातो लाभाका रापहरू दौड़ेको आभास छ
र यो ट्याक्कै रून मान्दैन
यो मेरो भुमीमा कालो अक्षरले लेखेको दिन
मेरा भाषा विदहरूलाई हियाएको दिन
गिजाएको दिन भएकोले नै
आज मेरो कलम ठ्याक्कै
रून नी मान्दैन!!!

Comments

Popular posts from this blog

लाै घुम्न जाउ दार्जीलिङ

मित्रता

यावा