पत्र छोरालाई

छोरालाई पत्र!
प्रिय छोरो!
          आज भन्दा तिस वर्ष अघि भएको भए म तिमीलाई ईङल्याण्ड लेटरमा पत्र लेख्ने थिएँ। त्यो डाक घरबाट तिमी कहाँ पुग्न सायदै हप्ता दिन लाग्ने थियो। 
 यो विभिन्न फोटोका मुद्राहरू म तिमीलाई भावना व्यक्त गरि बुझाउने थिएँ। तिमी शिक्षा आर्जन गर्न परदेश लाग्दा अरू माता पिताले झै मैले पनि अनेक कुरोको सामना गरें।
तिमीलाई सम्झदा गुरूकुलमा विद्यार्थीहरूले शिक्षक कै अनुशासनमा जिवन बिताउनु पर्थो भन्ने याद आयो , तर भनिन्छ भारतदेश जम्बु द्विप यति विकशित थियो बैदिक युगमा , ॠशिमुनीहरूले हतकेला मै हेरेर भविष्य वर्तमान देख्ने गर्थे हरे। मलाई लाग्छ आजको युग वैदिक युगभन्दा कहाँ कम छ र , म यँही घरै बसी गुगल मानचित्रमा हेरी तिम्रो यान कहाँसम्म पुग्यो भनि रात भरि हेरी रहन्छु।तिमीले मलाई खबर दिन भन्दा पहिले चाल पाँउछु तिमी कुन ट्राफिकमा फसे थियौ, कहाँ जाम परेको थियो।
आज तिमी बनबास लागेको पुरा चार वर्ष भयो।
यो चार वर्षमा थाहा पाँए शिक्षा कति महङ्गो रहेछ। यसै चार वर्षमा थाहा पाँए, म छोरी राम्रो, छोरीले नै आमा बाबाको इच्छा पुर्ण गर्छ भन्ने कुरोमा विशवास राख्छु । तर आफ्नो त तिमी एउटै छोरो थियौ तसर्थ मेरो पनि परिक्षा नै थियो।
हो! मैले तिमीलाई स्कूलका सबै साथीहरूदेखि दुर, अनजान शहरमा, अनजान भाषा भाषीको माझमा राखे।
तिमी सुनामीसित परिचित भयौ।तिमी साईबर समस्याका सिकार भयौ! रंग भेदमा पनि पर्यौ, कहिले कहिले हिम्मत हार्यौ , कहिले म तिम्रो हौंसला बने, तर आज तिमीले त्यो संघर्ष पार गर्यौ।
हो आज भोलि सबै आमा- बाबाले यस्ता संघर्ष गर्छन तर मैले यो पत्र खुला पत्र लेख्नुको के कारण थियो भने मलाई पनि बाले पन्द्र - पन्द्र दिनमा पत्र पठाई रहनु हुन्थ्यो।आज बाबा आमा बितेर जानु भएको धेरै वर्ष भयो, आज पनि मैले ती पत्रहरू साँचेर राखेकी छु।सुमसुम्याउने गर्छु।
त्यस्तै अबका आउने भविष्यमा मेरो अनुभव तिमीलाई याद रहोस भनी मैले खुला पत्र लेखि राखे।
हो मार्क जुकर वर्कको वार्ता मैले सुने थे, कुनै पनि व्यक्ती वितेर गए उसको एकाउण्टको हकदार को हुन्छन त् भन्दा उनैको लिगल हियर हुन्छन रे।
तसर्थ अब तिमी मेरो बन्धु हौ।मेरोपछि यस वालको पनि हकदार तिमीलाई बनाउन चाहान्छु। र कुनै दिन मेरो याद आउदा, यसलाई अग्रेजीमा अनुबाद गरि पढ़ने गर्नु , समय यस्तो थियो भनि तिम्रा आउने सन्तानलाई सुनाउनु।
तर कलम र कागजमा लेखे जस्तो प्रिय न होला यो अक्षरहरू तर तिमीले अनुभव गर्नु यसमा मेरी आमाको ,ज्ञान, बुढ़ी औंलो, स्यामसङ मोबाईल देब्रे हातले पकड़ेको अनि दृष्टी चस्माको लेन्सलाई पार गरि तिमी भित्र पुग्ने प्रयास गरिरहेको अनुभव तिमीले गर्न सक्छौ।
मेरो अटोबायोग्राफी बनाउन चाहे तिमीले अन्यठाउँ अनुसन्धान गर्नै नपर्ने , यँहीबाट धेरै कुरो जान्न सक्छौ।
 हो मत् कम्प्युटर शिक्षा-असाक्षर हु। हाम्रो समयमा सामजिक शिक्षा थियो, स्वास्थ्य शिक्षा थियो तर कम्प्युटर शिक्षा भने थिएन।
तिमीले मलाई सोधेको प्रश्नहरूमा नै मेले जानि नजानी उत्तर दिने कोशिशमा केही कुरो अवस्य सिकें।यो शिक्षा मलाई प्रदान गर्ने मेरो गुरू पनि तिमी नै हौ।
वाईट बोर्डमा मलाई नक्सा बनाई बनाई तिमिले देखाएको सिग्माहरू मेरो सिरोउपर जान्थ्यो तर म साँचै बुझे जस्तो गरि धैर्य राखेर सुनी रहन्थे। तिम्रो हिसाबमा म जिवनको सांरश मात्र कल्पना गर्ने गर्थे उ के हुने हो भविष्यमा भनि।
 तर अबको आउने जिवनको मूल मन्त्र तिमीलाई अझै दिन बाँकी त थोरै होला, तर पनि समयमा काम सक्ने भन्ने म शिक्षा दिन चाहान्छु।समयमा सुतने, समयमा काम गर्ने।मौका नगुमाउने, भविष्य सोचेर एक्लो निर्णय लिदा मनन चिन्तन अवस्य गर्ने सल्लाह दिन्छु। 
अब अरू कुरो तिमी माथि थोप्न चाहन्न। तिमी स्वतन्त्र छौ।तर स्वास्थ्यको भने जगेरा गर्ने दाईत्य अब तिम्रो हो।
म आज आनन्दको आईतबारको सदुपयोग गरिरहेछु।तिम्रो सबै परिक्षा समाप्त भएकोमा ईश्वरलाई धन्यबाद पनि यहा लेखेर दिन चाहान्छु। ती सबै साना साना कुरा हुन तर जीवनको सुख अनुभव पनि ईनै साना कुराले गराउछन। सबैमा आफुलाई अभिव्यक्त गर्ने क्षमता पनि कहाँ हुन्छ र, तर तिमीले मलाई सिकाएको शिक्षाले आज म यो अभिव्यक्त गर्न चाहिरहेको छु।
 हो मैले तिमिलाई दिएको शिक्षाले तिम्रो भविष्य उज्वल अवश्य हुनेछ, तर तिमीले मलाई दिएको शिक्षाको पनि म आज सरहाना गर्न चाहन्छु, अनि मैले तिम्रोबाट पाएको शिक्षा अलि अलि म भन्दा पाकोलाई पनि सिकाएको छु भने , समकालिन अनि अनुजहरूलाई पनि सिकाउने गर्छु।
 तिमीले त् टाईपराईटर देखेनौ, तर मेरा बाको सानो चिटीकै परेको रातो रंगको जापानिज टाईपराईटर थियो।हाम्रो अर्जि पत्रहरू लेख्न पर्दा मात्र वहाँले हामी छेउँ राखि ट्यक्क,,, ट्याक्क गर्नु हुनथ्यो, फोन कालो रंगको घड़ी जस्तो एउटा औंलो हाली घुमाउन पर्थ्यो कटक,,, टक ,,,टक,,, आवाज आँउथ्यो, फोनको रिङटोनले घरै घनकिन्थ्यो। यहाँ तिमीलाई सुनाई राखें , तिम्रो र तिम्रा भविश्यको निम्ति यो किम्बदन्ति नै हुनेछ।
लौ त आजलाई यति लेखें अब पोस्ट गर्न डाक घर जान पर्दैन, एक क्लिकमा यो तिमी कहाँ पुग्छ , साथै मेरा साथीहरूले पनि पढ़ने छन।धन्धा नमान्नु हामी माझ गोप्य हुन पर्ने थियो तर तिमी कहाँ पुग्न भन्दा पहिले पत्र सँग सँगै प्रतिक्रिया पनि पुग्ने छ, कारण टिकट टास्ने पैसा भने ईन्टरनेटमा खर्चेको छु। र यति खर्च गरिसकेपछि सबै साथीहरूले पनि पढ़ुन होईन र!😍
 भुल चुक सुधार गरि पढ़नु, मलाई थाहा छ तिम्रो यो भाषामा दखल कम छ, तर एप हालेर अनुबाद गर्नु अग्रेजीमा र पढ़नु। अलि अलि मुस्कराउदै पढ़नु,😊, आमा आज खुशी भएछिन भनि ठान्नु। 🎓कमेन्ट नपचने आए डिलिट गर्नु राम्रो आए एउटा ह्रदय पठाईदिनु।

न्यानो मायाका साथ
तिम्री आमा।
16.6.19

Comments

Popular posts from this blog

लाै घुम्न जाउ दार्जीलिङ

मित्रता

यावा