अन्त कहाँ छ ईच्छाको?
अन्त कहाँ छ ईच्छाको?
देब्रेतिर परिकल्पना
दाहिनेतिर सिधान्त
ईश्वरले तँ चिता ,,,
म पुर्याउछु भन्छन रे
यो कथन सहि ठहर्छ क्यार
जब नसोचेको कुरोको
उत्पति हुन्छ।
हो मकै रोप्यो
बनेलले खायो रे !
आलु रोप्यो उत्तानेले सक्यो रे!
विचार रोप्यौ, आज फलेछ!
सबै पैसा कमाई मधेश लागे
म अब पहाड़ लाग्दै छु
सबैले पहाड़ रित्तो पारे रे!
उष्ण मरूमा अस्तित्व खोज्दा
कहिले हुनथ्यो र हजुर?
अब अनुभव बाड़्न
गाँउ पसौ, कमानमा एउटा
घरेटीको संघर्ष छ,
गाँउमा घर बन्द र बञ्जर छ!
होईन अब उत्ताने र बँदेल खेदी
आफ्नो घर र बञ्जर
फाँड़ - फुड़ पारौ !
बाटो र गन्तव्य तैयार पारौं!
लौ दार्जीलिङतिर लागौ।
हामी दार्जलिङ्गे सदर महकुमा
लाई सबैले हेप्नुसम्म हेपे है!
नौकरीदेखि नैतिकतासम्म,,,,
राजनितिदेखि राजनेतासम्मले,,,,
कट -पुतली झै नचाँउनसम्म
नचाए ,तर हिम्मत गरे
स्वर्ग ,स्वर्ग नै हो!
अरूतिर कञ्चनजङ्गा कहाँ
मुस्कराउन सक्छ र!
तिम्रो खातिरदारीको तारिफ
कहाँ छैन र, भन त हिमाल?
मलाई त्यँही बसीन्दा भई
मेरै ठाँउ यति मन पर्छ भने,
के उसलाई न मन पर्ला र?
राती गोल सिमलले त्यसो भन्छ,
दिउँसो न्याउलले मन दुःखाउछ,
मलामी चरा कहिले काँही
कराई रहदा काम छिटो गर
भने झै भान हुन्छ।
त्यसैले रंगीतको गीत गाउन्
अशला- वुदुनाको दर्शन गर्न्
ओह्रालै झरौ जस्तो लाग्छ।
लप्सीले सोध्ने गर्छ,
क्यामुनाले लुकामारी खेल्छ,
ऐसेलुले च्वास्स घोच्ने गर्छ,
त्यसैले झस्केर हेर्दा
एउटा बिहानी शुर्यले
तिमीलाई जगाउछ अनिता
फेरी चुलामा रातो रंग
भक -भक गरी उम्लेर
Comments
Post a Comment