गन्तव्य

दयनन्दिनी

आज म गई रहेको थिए।सबैलाई कल गरे।पुगौ है त्यहाँ भनि, तर अचानक एउटा कल आयो , म व्यस्त छु आज भने कै थिए नी! भोली अब ल? मैले हुन्छ भने। सबैलाई एक एक गरि कल गरें। उत्तर पर्खन पर्यो , रिङ लाग्न अघि भन्छ, आपका कल चालु है, बिल नहि भरें है तै सिघ्र भरिये , त्यसपछि रिङ लाग्यो, उत्तरमा-ए,,,,??किन,,???ल। अर्कोलाई लगाए, उठाएन।अर्कैलाई लगाए, अर्को नम्वरबाट मलाई कल आयो, म्याडम ! कहाँ आई पुग्न पर्ने, मैले बृतान्त सुनाए, अनि भोलि भने।
त्यसपछि, म दार्जिलिङ मोढ़मा पुगे, ला हौ क्यान्सल ल? उत्तर पाए, भरे बात गर्छु फर्केको ल!
त्यसपछि टोटो लिएर स्टाफसित लागे, कम्बर दुःखेर केही छैन, बाटो कति नराम्रो, धुलो, बाटाका दुई छेउ दुर्गन्ध छि;  सिलगढ़ीका बाटा छेउँ कति मैला! हाम्रो सहर कति मैला भारतमा मैला सहरहरूमा पहिलो नै आउछ क्यार! मन मन नै भने, म्यान! प्लिज लभ युबर सिटी! 
छेउमा बसेकी ठिटीले गाईले घाँस चपाए झै चपाउदै थिई , प्याच्च रात्तै थुकि हाल्यो। मन मनै भने, प्लिज लब युवर हेल्थ! मुखले भनौ त! तेरेको क्या? भन्छै होला।
गन्तव्यमा पुगि , भला कुशारी समवेदना दिएर घर आईयो 
रिल्याक्स भएर बेडमा ढलकियो अनि ता मोबाईलमा नेट खोलि ,,,,लेखियो। बिहान एउटा कुरो सोचेर हिड़ीयो, बेलुकी अर्को कुरो गरेर आईयो।
यो मनको सोचाई र दिशा परिवर्तन पनि उपरवाले कै हातमा छ क्यार, गोल पोस्टमा पुगिसकेको लाते भकुण्डो पनि छेवैबाट ताक्दा पनि कस्तो पोस्टमा लागेर कहाँ पुगे जस्तो जिन्दगीका पाईलाहरू,,,,,,हाहा,,,हा,,,,हा,,,हा!
यस्तैमा फेरी एउटा कल आयो, कस्तो छौ? मैले पनि जिस्कदै भनि दिए, सन्चै छु, तिमीलाई नै याद गर्दै थिएँ, ओ हो! तेसो भा भोलि भेट्न आउछु ल? उसले भन्यो।
फेरी मैले जवाब दियें, दुई बजे भन्दा अघि आउनु, त्यसपछि मेरो जरूरी काम छ। उसले भन्यो ल,  ,,, ल!
बस भोली मेरो समय कता बहने हो हेरौ! कुरो सानो हो फोनमा पनि हुन सक्छ तर साक्षातकार जरूरी छ।
बिहान देखि अहिलेसम्मको मेरो दयनन्दिनी! कथा जस्तो भयो की?

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you