दुर्गा चालिसा
दुर्गा चालीसा
नमो नमो दुर्गे सुख दायिनी
नमोः नमोः दुर्गे दुःख नाशिनी!
निरङ्कार छ ज्योति तिम्रो
तीनै लोक उज्यालो राम्रो!
ललाट मुखमा शशि। विशाला
नेत्र राता। भृकुटी। भीषण!
मातृ रुपा तिम्रो साह्रै सुहाउछ
दर्शन गर्ने जनले सुख पाउछ!
संसारको शक्ति र भक्ती र लय तिमी
अन्न पुर्न पारी जग पालन गर्ने
तिमी नै अति सुन्दरी बाला मन हर्ने
प्रलयकालको सबै भय तिमी हर्ने
तिमी नै गौरी शिवशङ्कर प्रेम गर्ने
शिव योगी सबैले तिम्रो गुण गाउँछन
ब्रह्म विष्णु सधैं ध्यान गर्छन।।
रूप सरस्वतीको हौ तिमी धारा।
देउ सुवुद्धि रिषि-मुनीलाई सहारा।
नरसिंहको रूपमा। तिमी अम्वा!
हेर प्रकट भयौ फाड़ी खम्बा! !
प्रह्लादलाई रक्षा गर्यौ बचायौ!
हिरण्यकश्यपलाई। स्वर्ग पठायौ!!
लक्ष्मीको रूप धरी माते!
अगं। समाहि श्री नारायने !!
सिन्धु सिन्धुमा गर्छौ विलासा!
अपार दया दिन्छौ मनमा आशा!
हिमपर्वत तिमी हौ। भवानी।
महिमा गर्छन सबै नित्य जानी।।
माता तिमी हौ। नव दुर्गा ।
तिमी मै छ शान्ती सुन्दर स्वर्ग।।
तिमीलाई पाउन सके प्रभो ।
हुन्छ रे ! जीवन सार्थक हाम्रो ।।
खड़ग अस्त्र विराज छ हातमा।
भाग्छ डरले काल समेत साथमा!
सोह्रै तिरशुल छ सोह्रै अस्त्र।
उठ्दा ती हुन्छन् शत्रु परास्त। ।
विराजमान तिमी नौ लोकमा ।
तिम्रो ध्वनि बज्दछ मनमा।।
शुम्भ निशुम्भ दानव मारी ।
रक्ताम्मे भई शंख सहारी।।
महिषासुर अति अति अभिमानी।
संहार गर्यौ भई चण्डीकाली।।
पर्यो दुःख शन्तलाई जब-जब।
भयौ सहारा माता तिमी तब तब।।
सबै लोक अनि अमरावतीमा।
भयो तिम्रो महिमा कान्तिपुरीमा।।
ज्वालामा छ तसै तिम्रो ज्योति ।
नर नारीको भक्ति जसै सागरमा मोती।।
प्रेम-भावले भक्ति गर्छन जसले ।
दुःख दरिद्र दुर गर्छन उसैले ।।
नर गर्छन ध्यान तिम्रो मनलाई ।
जन्म-मरण चक्र बुज्छन उसले भाई।।
निशदिन। ध्यान गर्यौ जसै।
Comments
Post a Comment