समय चरित्र

आज धेरै दिन भो उसलाई नदेखेको
कस्तो खबरै नदिई ओझल भएको ।

व्यस्तताको पनि सिमा हुन्छ क्यार
माया माया भन्दै पनि यो कस्तो हार।

आउछौ तिमी सम्झनामा कल्पनामा
नियाल्दा नियाल्दै किन छैनौ विपनामा।

हार मानेकी छैन जीवन यात्रामा मित्र
यस्तै सोचँमा रहेकी छु  हेर्दै समय चरित्र।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you