विडम्वना

विडम्बना

मेरो भुल मलाई आज  मेरै छायाँ बनी
 पछ्याई रहेछ
जानी नजानि मनमा कालो बादल बनी
पछ्याई रहेछ
जीवन कता कथा अधुरो  अधुरो बनी
छाई रहेछ
मसित जोड़िन्दै गएका आशाहरूलाई
पिरोली रहेछ
पछतावा छ  तर मेरो भुल कम तिम्रो नी
धेर भई रहेछ
जीवन मेरो  भनी मरिमेट्न मन नलागे जस्तो
आभाष छाई रहेछ
सब थोक पाँए तर मलाई आज खेलौना जस्तो
 किन लागि रहेछ
म अधुरो हो या मधुरो शुमधुर भने बाँशुरीको धुन
छैन जस्तो लागि रहेछ
मेरो भुल मलाईआज मेरै छायाँ बनी सदा सादा
पछ्याई रहेछ

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you