गीत

लुकाई राखें है आँखैमा हेर न
सजाई राखें है परेलीमा हेर न!

टप्की पो हाल्छ की भनी
टोलाई रहें म,,,,
पछि फर्केर एक थोपा आँशु
लुकाई रहें म,,,,

आउछौ की भनी कुरी रहें बाटामा
धुलो उड़ाई सबै फर्की सके छन
त्यही बसी टोलाई रहें म
पछि फर्केर एक थोपा आँशु
लुकाई रहें म,,,,

जागिर प्यारो थियो परदेश प्यारो भो
दोबाटोमा बसी कुरेको
दुई कोरी नाघ्यो नी
उभो हेरी टोलाई रहें म
पछि फर्केर,,,,,,,,,,,

ल्याईदेउ फर्काई अब त्यो मेरो रात- दिन
आज पनि साक्षी छ
माहाकाल भाकेको
उभो हेरी टोलाई रहें
पछि फर्केर,,,,,,,,

कुईरोले ढाक्यो नी बादलै फाट्यो नी
बैमान यो मन बिथ्थै हाँस्यो नी
न छ छाँया न मान्छे नै
वर्दी फर्की आयो पार्सल
पछि फर्केर,,,,,,,,,,,

के दियौ दैव यो न रूनु न हाँसनु नी
वर्षाले छोप्यो पैरोले ठेल्यो नी
 पैंताला मुनि कम्पन भो
न मरी जानु न गरी खाँनु
पछि फर्की,,,,,,,

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा