झम्काभेट

झम्काभेट

आज अचानक
 एक परदेशीसित
 भेट भयो
मैले राम्ररी ठिम्याउने 
कोशिश गरें
तर मास्क लगाएकोले
झट्टै बोलाउन सकिन
मलाई उसको चस्मा लगाएर
हेर्ने आदत भने थाहा थियो
साथीलाई सोधि हेरें,
हेरत् त्यो पछिल्तिर बस्ने
हामीले चिन्या जस्तो लाग्छ
अँ! आज कल उनी कहाँ छन?
विदेश लागेका हुन 
उतै तिर होलान भने
हामी केही मगाँएर
 खान लाग्यौ
तर उनको टेबलमा 
एउटा लेडिज ब्याग
अनि मिनु हेर्दै 
आँखा तलतिर
सायद मैले पनि 
मास्क लगाएकोले
चिन्न गाहारो पर्यो या त्
टेबल अघिको लेडिज ब्याग
एउटा प्रश्न चिन्ह मेरो मनमा
तर....तर...मन मनै  
आखिर मैले त्यस्तो केही
भुल गरे जस्तो लाग्दैन,
मन मनै एक
 खेल खेल्न थाले
यदी मैले चिनेका
 हुन भने
मलाई पनि चिनेर 
नबोल्ने ईच्छा भए
ईनी यहाँबाट खाना 
नखाई निस्कने छन
साँचै नभन्दै एउटी कलाकार
सिढ़ीबाट ढ़ल्कन्दै 
उनी भए तिर लागिन
खास- खुश दुवै के बात गरे
नभन्दै त्यहाँबाट दुवै उठेर गए
म मन मनै आफ्नो
 गेममा सफल भएँ,
मैले एक कप चिया मंगाए
चिनी अलि धेर 
थियो मन परेन
फेरी चिनी कम
 गरि माँगें
त्यो पनि किन हो
 मन परेन
हामी पनि 
त्यहाँबाट निस्क्यौ
मलाई अझ पनि 
आश्चर्य छ
के उ उहि नै थिए
 या अरू कोही
तर सागरमा 
चुर्लुम्म डुबे जस्तो
आखिर दोष
 मास्कको या
मास्कलाई दोष्याउदै 
नचिने भएका हुन
आखिर किन भन्ने
प्रश्न मन मनै गरि रहें।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा