अन्तिम यात्रा

अन्तिम यात्रा
23.1.19

हिड़ने बाटाहरूमा
पछि फर्की तिम्रा पाईलाहरू
खोज्ने गर्छु

अनायास यी मन
कहिले काँही शितका थोपासित
चिसो रोज्ने गर्छु

पानीका लहरहरूले यी छाप
मेट्दा थाहा पाउछु
दिनो दिन शरिर मै मर्ने गर्छु

यो बोल्ने चरीले कतिदिन
साथ देला यहाँ होस हराउदै
फेरी आउने गर्छु

कति अचम्भ भयो नी कस्तो
बात गर्दा गर्दै उ त छैन
 म फोटामा सिमित हुने गर्छु

जन्मन् लस्कर लाग्नु पर्ने
मरेपछि जल्न लस्कर लाग्नु पर्ने
तर माया पाउन अधुरो भए झै गर्छु

पाईला धुलिकणले मेटाई लाँदा
अनायास फेरी अतितलाई
यो मन बलवान देख्ने गर्छु

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you