शुन्य

शुन्य

कहिले काँहि शुन्यसरी
शुन्यमा नै एक्लै कोठामा
आफैसित ठिङ्ग अघि
म बात गरि रहेकी हुन्छु।

यो गर्न थियो त्यो गर्न थियो
अरे किन कसका लागि हँ?
के यो तिम्रो आत्मा मात्र
किन यसरी छट पटिन्छ हँ!

तिमीलाई कसैले सोध्यो,
के गर्दै छौ भनेर, कहिले
तिमीलाई कसले खेद्ने गर्छ
किन आत्तिएकी यसरी!

मन आतुर छ तर समय?
यही समयले खेदछ क्यार,
एक्लो हुदा पनि ठेली रहन्छ
एई! उठन् जांगर चला भन्छ।

पहिले अनुशासनसित डराउथे
आज त् म अनुशासित छु
बन्धु बिनदास छन हतारिन्न
मनको छट पट पट्यार लाग्दो।

शुन्य बलवान छ भन्ने गर्छ
म थपने गर्छु, तिमी पनि
म सित घुर्रा झै घुम्ने गर
नत्र यो उर्जा व्यर्थ छ भन्छ।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you