नियात्रा
1986
आज घर सफाई गर्दै गर्दा 20 /21 बर्ष पुगेर बीएमा पढ़दै गरेको आईकार्ड पाये! यसमा धैरै ईतिहास जड़ीत रहेछ!
दार्जीलिङ्ग सरकारी कलेज प्रति जिज्ञासा लरेटो कलेज अनर्स नपाउदा छोड़न परेको साथीहरूसितको विछोड़ ,,,,,,यहाँ सहजै अनर्सलिन पाएर खुशी भएको! चन्द्रको कोकील कण्ठ र माईकलको गिटारको धुनमा प्र्याकटिकल क्लास बितेको! सुनीलको चेतावनी क्लास सिर्यसलि गर्ने! जुतिकालाई गिजाएको! शुशमिताको राम्रो नोट बुक तानातान!
यो कार्ड नभए "न्याउरेको"बसमा जादाँ बस भाड़ा आधा नहुने सगँ सगैँ जिएलको आन्दोलन ! शान्तिले पढ़न कहाँ पाईयो र! कहिले आग लागी त् कहिले तीनदिने स्ट्राईक! हसटेलमा पानी र म्यागी खाएर विताएका दिन एका एक याद आयो!
आज तिस बर्ष वितेछ थाहा नै पाईएन! दार्जीलिङ्गको राजनितीमा केवल विक्रीति मात्र आयो! सुकेमा एउटासम्म कलेज बनिएन! राम्रा राम्रा पढ़ेका साथीहरू विदेश लागे! ठूला ठूला मान्छे भएका छन! हामी पढ़न लागेकाहरू पनि जसो तसो जागिरे भएका छौ!
जस जसले भोक हड़ताल गरे प्रायः विरामी भएर सिलगढ़ीमा वसोबास गर्छन! औकास प्राप्त जागिरे रैथानेहरू पनि न्यानो खोज्दै सालबारी,सुकूनातिर थान्को लागे!
पहाड़का तीन महकुमा भर्खरै बन्नलागेको जिल्ला कालेवुङ्गमा पनि स्वासथ्य उपचारका साधन नहुदा कति मानिसहरू मजवुरीले यो गर्मीमा पनि सिलगढ़ी वस्न बाध्य छन! डायलसिसको मसिनसम्म छैन यो हाम्रो सुईजरल्याण्डमा!
बोडको घर बनाउने पैसाले यसो एक एक वटा भये पनि डायलासिस मसिन अस्पतालमा राखिदिए हुनेथियो जस्तो लाग्छ मलाई!
शिक्षाको गढ़ हाम्रो पहाड़मा पानीको अभाव ,स्वास्थ्य उपचारको अभाव राजनैतिक अस्थिरताले पैरो गयेर उर्वर पंखा सालबारी
र सुकनामा बनेको छ!
हुनत सायद नकारात्मक कुरा मात्र गर्नु पनि मिल्दैन कि , कारण म त जिएल बाहिर बस्छु! सायद भित्र राम्रो निती पनि हुन सक्छ! मलाई पढ़ाउने गुरू गुरूमाहरू पनि सभासद मेयरहरू छन! ठेका पाउने वनियाँहरू कहिले गरिब भएनन!
ननै झण्डी लिएर सड़कमा ओर्ले!
तर चियाबारीको समस्या, यातायात समस्या,शिक्षा र शिक्षक नियुक्ती समस्या भने विकाश वोर्डले मात्र हुदैन त्यो नहुनु भन्दा
कानामामा निको भने जस्तो मात्र हो!
आज शिवरात्रीको छुट्टी र यस आई -कार्डले मलाई धेरै सम्झना आयो विचरी मेरी दार्जीलिङ्गको!
आयो -आयो विजनबारीबाट "मानसिह" भन्दै सुकेको जगंलमा लुकेको हिज जस्तो लाग्छ! यहाँ सिलगढ़ीमा बिजोग भएर मानसिह मरेको पनि देखें! छिः कस्तो राजनित हामी हामी माझ केवल लढ़ाई गराउछ अनिता मज्जा अरूले लुट्छ!
हाम्रो समाजलाई त एउटा राजनितीक प्रयोगसाला कलेज मात्र खोलिदिएर दाउ पेच सिकाउनु पर्छ होला जस्तो लाग्छ! ए म पी र ए मे लेको हिसाब किताब गर्दौ खेलेको राजनैतिक फरमुला अब विफल भयो! रूलिङ्ग नेताहरूकोपछि लागेर कोहि पनि सफल हुन सकेनन!
धुप्पीको रूखमा निर्दोश मानिसको टाउको झुण्याईएको माझिधुराको जगंलमा हिज जस्तो लाग्छ! लुगा बेच्नँ आउने खान मामाको टाउको पनि त्यहाँ झुण्डीएको सत्य घटनाको साक्षी हो यो आखाँ! टियर ग्यासले पोलेको हो यो आँखा!
यस्ता विगत झल -झल मलाई मात्र किन सताउछ? कारण त्यस समयदेखि नै हो ईमप्लोईमेन्ट अफिसवाट कल आउन छाड़ेको,,,,,,,,माया लाग्दा लाग्दै मेरी रानीलाई छाड़न परेको!
Comments
Post a Comment