रानी

म सुन्दरी पहाड़की रानी
अग्रेजको निम्ति सेनिटोरियम
गोर्खाको गौरब!
मेरा मानिसलाई सुख दिन तम्सिए,
छुटै राज्यमा राखौंला भने
मेरो शनि निच रछ क्यार!
यो गोर्खाले साह्रो दुःख पायो
मैले केही गर्न सकिन
आज मेरो मुहानै सुक्यो!
विशाल सून्दर मेरो शरिर बिरामिले
कुनै कुहेर झर्यो,कुनै अगं भने
काट्दै फ्याक्नु पर्यो!
यी सबै तमाशा हेरिरहेछु कहिले
शान्त भएर ,कहिले धुम्मिएर
कहिले उत्सव भएर!
तर मेरो मान्छेलाई सँञ्चो भएन
मेरा छोरा-छोरीलाई ललिपपमा
भुलाई रहेका छन!
म दिन दिनै चुड़ीदैं छु
म दिन दिनै मर्दै छु तर मेरा
नानीहरू छरिएर पढ़दैछन!
जुनदिन म मरेको हुन्छु,फेरि
मेरा नानीहरूको निम्ति औषधि
वनि मलिलो मलमा परिणत हुन्छु!
शिक्षा ,संसकार र तकनिकले
सजिएको हुनेछ मेरो लाश
खदाले लादिएको हुन्छु!
तब मेरो क्रिया क्रम गर्न विभिन्न 
रित निभाउन सबै आउने छन
रित रिवाज भाषा नमिल्ला
तर आँशु भने एउटै हुनेछ!
म मरे पनि म त पहाड़की रानी हु,
कुनै दिन वशं वचाउन घरले लखेटदा
त्यो शक्ति झेल्ने आजको शव हु!
मैले मरेर पनि एकसय आठ
बिरामि निवारण गर्ने औषधि भई
पलाउनु छ तुशारोमा!
त्यो विरामीले चुड़िएका अगंलाई
फेरी जोड़नु छ अनि ता
रंग विरंगका मेरा परिवारलाई
पाचँवटा कोठा भएको सून्दर
राजभवनमा राख्नेछु!
त्यहा किशिम थरिका झुमर
चम्किलो, झुण्डीएका हुनेछन
हरेक कमरामा तिन तल्ले आलमिरा
हरएकमा विभिन्न दस्तावेज!
मेरी छोरीलाई दिनेछु यसको बागडोर
नसुर्ताउ मेरा शन्तान!
म रानी हु मैले तखता पलट पनि
देखेकी छु, भने राम राज्य पनि
ममा मरेर पनि याचागुम्बा भई
जागि उठने अजम्वरी भई उर्जा
दिने औषधि छ! मेरो महत्व
जब यो परिवेसले बुझ्ने छ
तब मेरा बाबु नानीहरू हाँसेको देख्ने छु
म पहाड़की रानी हु!
"याचागुम्बा"मेरो नाबीमा छ!!!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you