उ!
उ!
मैले उसलाई
कहिले कवितामा
सम्बोदन गरिन्!
म सँगै बस्छु उसित
तातो चिसो उ नै हो
यथार्तमा उ नै उ ,,,,
सम्बन्ध भाषा हाम्रो
कहिले शांकेतिक
कहिले मोहल्ला थर्काउने।
छाता सरह दाहिने उ
सदा बाँया म
तर शब्दमा उ छैन।
उ पुर्व त म पश्चिम
तर गन्तव्य सदा
हाम्रो एकै छ।
ताल्चा छ एक
ढोका एक
तर चाबी दुई।
यस्तो क्रम सदा
चलिरहन्छ
तर छैन मेरो,,कवितामा उ।
मायाको चिनो
एउटा खालि छ बघैंचा
दुवै हास्छौ त्यहाँ।
तर उ कता कता
कतै पनि छैन
Comments
Post a Comment