पीपीएस

राजु विष्टजीलाई धेरै धेरै बधाई छ। 
एक राम क्या करे!
एक लाठी क्या करे?
हिम्मत गरेर सियो झै पस्नु भएको छ फाली भै निस्कनु। ईन्तजार हामी गर्ने छौ। हुनत धेरै वर्ष भयो ईन्तजार गरेको, सहयोगको हात बड़ाउने ईच्छा पनि जाग्छ तपाईको कार्य देख्दा, तर संगैमा कतिपय कुरोहरू भने सकारात्मक हुन अझ खाँचो छ।
जनताको आरोप हाम्रो नेता भएन, स॔सदमा हाम्रो कुरो पुगेन सहिढ़गमा भन्ने गर्छौ, तर अहिले संसदलाई हाम्रो समस्या प्रत्यक्ष रूपमा अवगत छ, तर भोट बंगालको नबिग्रोस भनी हाम्री अल्प सख्यकको कुरोले सधै लामे लश्करमा बस्नु परेको छ। तर कहिलेसम्म??
परमानेन्ट सलुसन के हो? यो भोट अघि नै खुलासा भए हामी भोटको पैरो चलाउने थियौ, तर जहिले पनि हामी अन्धकारमा छौ।
गोर्खाल्याण्ड, "छ" अन्धोहरू हात्ती हेर्न गए जस्तो मात्र  छ। कसैले नाङ्लो भेटे, कसैले के के, भेटे।
जब जब पनि आन्दोलन भयो, तब तब हामीलाई तोड़ने काम भयो।
सुभाष घिसीङ आन्दोलनमा सिलगढ़ी छुट्याईयो,बिमल आन्दोलनमा कालेबुङ छुट्टीयो,जात जातको बोर्ड बनीयो, यसले कन्सटीटुएन्सी एरिया घटाईयो, जमीनको घोटाला भन्दै धेरेलाई फसाईयो।
धेरै सहिद बने, धेरैले अनेक यातना सहन गर्न पर्यो।
हिल काउनसिल, जीटिए भन्दै तीन स्तरीय पञ्चायत प्रणालीको धजिया उड़ाईयो। धेरै ईनोसेन्सहरू विस्तापित हुन पर्यो।
अब एक राम,एक लाठी, एकला चलो रे भन्दै समय समयमा राजुजीको सराहनिय कार्य देख्दा घाउमा मल्लम लाउने काम हुन्छ अवस्य तर घाउ पुरानो छ, यतिकार्य कम हुन्छ। आशा राखौं तपाईको कोशिश सफल होस।
 मैले हाम्रा वाद्धीजिवीहरूले नै भनेको सुनेको थिएँ, सिलगढ़ीलाई हिल काउन्सीलमा हाल्नुहुदैन, सिलगढ़ीले पहाड़लाई डोमिनेन्ट गर्छ भनी, तर उनीहरू नै आज सिलगढ़ीको चेपचापमा घर बनाई बसेका छन।
लुक्नु परे, यँही आई पुग्छन। आउनु नै भईसक्नु भएको भए, भोटर कार्ड र राशन कार्ड पनि यतैको बनाएर परमानेन्ट सिलगढ़ी सेटलर हुनु होला भन्ने सल्लाह छ।
तर पञ्चायत प्रर्णाली नभएकोले बस्तीहरू कहाली लाग्दो छ खण्डहर भएको छ।खेती नभएर यहाँका भोटरहरू चेन्नइ र बेङ्गलोर, बाहिर देशमा छन, यो माईग्रेसनलाई कसरी रोक्ने? 
बिस्तारै पहाड़मा पनि हाम्रो जनसख्या कम हुदैछ, यो सोच्न पर्ने कुरो हो।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा