ए शिलगढी

ए सिलगढ़ी!

म नी कहिले काँहि
छक्क पर्छु!
तिम्रो छात्तीमा
 किल र काँटी ठोकी
मेरै हो भन्नेहरूले
तिमीलाई आफ्नो
भने भन्दैन।

कार्यक्रम सिलगढ़ीमा
बेस्ट छ नी!
सस्तो  र सहज छ
उत्तर पूर्व र चार देशको
सिमाना बिचमा
गरिमामय भालेको हिड़ाईमा
कोट कोट्यास गर्दा
पोथी खोङ्गी सगैं
बन्धु बान्धवहरू
भेला भई हाल्ने
अलि अलि चारो
गुदीमा पुगि हाल्ने!

तर म नी कहिले काँही
छक्क पर्छु!
एउटा टिकरीक्क
महकुमा छुट्टै पारी
यता न उताको
बनाई राखेका छन
यी मनका परिवारले
न यसलाई गोर्खाल्याण्डले,
अपनाउछ नता जलपाईगुढीले!

संमविधानमा नभएको
समतललाई टिकरिक्क
महकुमा पहाड़ बनाई
राखेछ,तिमीलाई
आफ्नो भने
कसैले भन्दैन!

तार-तारा हवाई अड्डाबाट
उत्रिएर प्रेसतिर
पहाड़बाट उत्रिएर
माड़वरी प्यालेसतिर
उत्तर पुर्वबाट
कुदेर टिवीका पर्दातिर
अरू त अरू
साहित्य संसकृति
संगीत ,खेलकुदको
राजधानी तिमीलाई
बनाए पनि ती
अटालिकामाथि बस्नेहरू
भोट आउदा
रित्ता रात्तै हुन्छन!

जति जति सभ्याता
अघी बड़दै छ
बाटाका दुई छेउँ
घैमल पनि बड़दैछन
चिकन स्प्रिङले पेट
भरे पनि दुर्गन्ध छ
बाटाका दुई किनारमा
 छत हाली बनाका 
दोकान छदा छदैं
व्यपारीहरू दुरगन्ध
फैलाई नाफा बटुलदै छन
यस वर्षत मलाई लाग्छ
फिस फ्लु पनि यँही हुन्छ
छक्क पर्छु तिमीलाई
किन नअप्नाएको हँ?

मलाई यस्ता धेरै
कुरोले पिर पार्छ
तर ए सिलगढ़ी! 
सत्य कुरा
तिमीलाई केवल
प्रयोग मात्र गर्छन
स्वार्थीहरू! तिमीलाई
अस्तित्व  बिहिन
पारी रहेछन यी
सभ्य मानिसहरू

तिमीलाई पर्यावरण 
र राजनैति प्रदुशनको
घेरोमा पारी, हाम्राहरूको
ईच्छा धुजा धुजा पारी
च्यातिरहेछन! ए सिलगढ़ी!
म छक्क पर्छु, तिमीलाई
केवल प्रयोगको बस्तु
ठान्या छन!केवल मात्र
एउटा भोग्य बस्तु!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा