कुरामा कुरा

कुरामा कुरा

जसका घरमा माता पिता,छोरा, छोरी, बुहारी,आदि सेना,नेभी,एयर फोर्समा छन,उनिहरूलाई मात्र थाहा हुन्छ अशल जिवनमा यसको अशर कति पर्छ भनि।
तसर्थ सरकारले अब उसो निति बनाउन पर्छ, हरेक घरको एक सदस्यले यस पेशामा गएकै हुन पर्छ र कतिपय  सरकारी सौलियत पाईन्छ भन्ने एलान गर्नु पर्छ।
यो सिबिलियन सोसाईटिमा बस्ने, पैसावाला रहिसहरूलाई उनको परिवारको दर्द कँहा थाहा हुन्छ र।
म कुनै दलको पक्षमा बोल्न चाहेको होईन,तर एउटा सेनाका परिवारले जिवन कसरी धान्ने गर्छन त्यस विषय अवलोकन गर्न मात्र चाहेको हु।
आज एउटा सहिदको लाश तिरंगामा बेरिएर आउछ, त्यसैदिन हामी जै हिन्द ! भन्छौ ,भोलि त भुलि हाल्छौ।तर ती परिवारलाई सोधने गरौ उसको परिवारले के भन्छन?
 म पनि एक सैनिकको छोरी भएकोले थाहा छ,सिविल लाईफ र आरमी लाईफमा के भिन्नता हुन्छ भनेर।
रात भरी कानमा रूई हालि बङ्करमा बस्न पर्दाको समय कति भयावह हुन्छ,जब की सिभिलियनहरू आनन्दले सोएका हुन्छन। बाबा अब लड़ाईमा हिड़ेको रे, दुश्मनको तातो गोली खाए फर्कीनिनु हुन्न, नानी फर्के भने हाम्रो अहोभाग्य,भन्ने जस्ता वाक्यहरूले मन अमिलो भए पनि योद्धा की छोरी बुहारी दिदी बहिनीले आँशु झार्नु भएन।बलियो मन बनाई बस्न पर्यो।
  सेवानिबृत्त भई आएपछि पनि हामी गोर्खालीहरूले त विदेशीको लान्छन पनि सहनु पर्छ। सरकारले तिमी लड़ाई लड़ने विर सपुत भनि दिएको घरेड़ीसम्म लुटिदिनेहरू छन यहाँ। 
विचारा ती सैनिकहरूले आफ्नो जीवनको अमूल्य समय जवानि उसले देशलाई कुरवान गर्छन,नानीहरूको शिक्षामा केवल सिङ्गल मदरले सहयोग गरे पनि त्यो सैनिकलाई थाहा हुन्न,नानीले के कस्तो शिक्षा लिदैंछ।
आज पो ईन्टरनेट र मोबाईल आई पुग्यो र भिडियो कलिङ हुन्छ,तर आज भन्दा बीस वर्ष अघि पन्द्र दिन पर्खन पर्थ्यो चिठ्ठी पाउनलाई,त्यस समय जवानहरूको निम्ति त्यो चिठ्ठीको महत्व कस्तो थियो होला सोच्नु होस।
आज घर बसी उनिहरूको मुल्याकंन गर्न अलिकता सोच्नु पर्ने हो जस्तो लाग्छ।
लड़ाकु शन्तानका कौमहरूलाई झन विश्वमा विर सैनिक भनेर चिनिन्छ,तर जब उ घर आउछ सेवानिवृत्त भई,राजनितिले यस्तो पल्टी खान्छ अनि देश कै सन्तान होईनन ईनिहरू भन्दा कस्तो हुदो हो।
यो ईलेकशन जित्ने होड़मा त हाम्रा आलुबालिया साहाबको पनि नाकमा ठ्याँस्स लागि हालेछ,सन अफ द सोयल, भन्दा उनले पनि म पनि बंगाल कै छोरो हो त्,तर तिम्रो पो जन्म मामा, ताया, चाचाको घरमा विदेशमा भएको होला भन्ने संन्देह गर्यो , यो चाहि राजनिति हो।यस्तो भड़काव कुरोमा भड़किनु हुदैन, पिएम साहबले चाहि मन की बातमा, देशलाई सोधदै छन, सेनाको जवानले गरेको कार्यलाई सन्देह गर्नु हुन्न होईन भनि,उनकै चेलाले भने सेनाका सन्तानलाई आफ्नो सिट बचाउन विदेशीको लान्छन लगाई हाले त्,एउटै पर्टीको भिन्न भिन्न राज्यमा यो भिन्न भिन्न राजनैतिक तड़का हो।
तर यो पनि भुल्नु हुन्न अरूले,दार्जीलिङ्गमा ,देहरादुनमा, आशाममा यानकी उत्तर भारतमा बस्ने सम्पूर्न गोर्खालीहरूमा एउटा घर त्यस्तो छैन जसले आफ्नो लाडलालाई देशको सेवामा सिमामा नपठाएको होला भन्दा भूल हुन्न होला जस्तो लाग्छ मलाई।
आज देश एक जुट भएर बस्न पर्ने स्थितिमा,पहिले मेरा बा भन्ने गर्थे,नानी देशमा लड़ाई लागे,हामी सेवानीवृत भॢए पनि देशले बोलाए सिमामा धावा बोल्न जानु पर्छ।हामीले कसम खाएका हुन्छौ, हाम्रो जिवन देशलाई कुरबान।
 यस्तो अनुभवहरूले मलाई के भन्न मन लाग्छ भने अमेरीकामा झै सबैले दुई दुई वर्षको निम्ति सैन्य तालिम लिएकै हुन पर्छ युवा,युवतीहरूले, तब भने देशको निम्ति प्रेम भाव जाग्ने छ होला,अनि सेवानिवृत्त जवानको सिभिलियन जिवन सैलिमा पनि केही त ईज्जत भने हुन्छ होला। 
आमा आर्मी असपताल की सेवीका, बाबा सैनिक, दुवैको जिवनकालमा उनिहरूले चाईनाको लड़ाई, बर्माको लड़ाई,साथ साथै गोर्खाल्याण्डको लड़ाई पनि देखे। साथै सिभिल लाईफको तितो अनुभवहरू पनि बटुले,जसको केही छिटा छाटि हामीले पनि अनुभव बटुल्यौ।

माया गरौ यी जवानहरूलाई
कालो पोती दुश्मन डराउछन
तिम्रो  शान्त  निन्द्राको निम्ति 
सदा सिमामा तैनाथ रहन्छन।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा