नेट बिजिनेस
हिजको हिमालय दर्पणमा मैले नेटवर्कीङ बिजिनेस विषय एउटा आर्टिकल पढ़े ।कति कुरो ठिक लाग्यो,कतिवटा कुरोमा भने केही चित्त बुझेन।
हो हाम्रो पहाड़मा मात्र होईन तराईमा पनि यस्ता धेरै ठग कम्पनीहरूले मानिसको पैसा लुटेको सुन्नमा आएको छ। तर सबै बिजिनेस फेक पनि हुदैन।हाम्रो पनि कतिवटा यस्ता कम्पनीहरूसित काम गरेको अनुभव छ।
एक चोटी मलाई याद आउछ खरसाङमा पावर ग्रीडले त्यसरी नै सबैलाई काम दिने प्रलोबन देखाएर धेरै बेकारीहरूको पैसालुटेको मलाई याद आँउछ। यस्ता कम्पनीहरूसित जोगिनु पर्छ आफ्नो पैसा खेर जान भन्दा अघि छान- बिन गरेर मात्र लगानि गर्न पर्छ।
विशेष त्यस लेखमा नेटवर्क व्यवसायको चर्चा गरिएको थियो।
जहाँसम्म मेरो अनुभव छ पहिले व्यवसाय बुझनु पर्यो। कम ईनभेष्टमेन्टमा यसले व्यपार गर्न र मुनाफा कमाउन सिकाउछ।दोस्रो कुरो प्रोडक्ट सोझै कम्पनीबाट ए -वान पाउनु हुन्छ। जसको दोकान घर वा स्पेस छैन , रकम ईनभेष्ट गर्न कम छ, अनि त्यो प्रोडक्ट तथा कामको आवस्यकता छ भने यो पोडक्ट बेस व्यवसायमा कहिले नोक्सान भने हुदैन।
तर नेटबर्कीङ व्यपार के हो त्यो बुझन जरूरी छ। जोईन गर्दैमा करोड़पति हुईनदैन।
कम्पनीमा नाम पंञ्जिकरण गर्नु भनेको नै प्रोडक्ट बेच्नु हो नी त्। जसले सामान बिक्रीगर्न वा प्रयोग गर्न ईच्छुक हुनुहुन्छ वहाँहरूले कम्पनीलाई बुझेर मात्र जोईन गर्ने सल्लाह छ। यस्ता कम्पनीहरू कति बन्द पनि भए जसको पोलिसी सहि थिएन।कसैको कम्पनी बाहिर देशमा भएकोले कतिवटा देशको पोलिसि पुर्ण गर्न सकेनन होला तर सबै कम्पनी फेक हुन पनि भन्न सकिन्न ।
जस्तै, अल्टो, भेष्टीज, फ्लेबिया फ्रेसले राम्रो प्रोडक्ट दिदैछ अनि बजारमा त्यसको आजसम्म मैले कम्पलेन सुनेको छुईन।तर यसमा ईनभेष्टमेन्ट कम, ईनकम पनि त्यहि हिसाबले पाउनु हुन्छ।
कुनै पनि एजेन्टले कुनै कम्पनी विषय तपाईलाई बुझाउनु हुन्छ भने त्यस कम्पनीको डिटेल्स तथा प्रोडक्ट क्वालिटी अनि त्यसलाई तपाईले बेच्न सक्नु हुन्छ वा हुन्न त्यो बुझेर मात्र अघि बड़नु होस।
म पनि यस्तै एउटा कम्पनीसित जड़ित छु।यहाँ फेशबुकमा पनि देख्नु हुन्छ फ्लेबिया फ्रेस जसको हरियो पत्ता छ "लोगो" यानकी यो हर्बलको सिम्बोल भनेर बुझ्न सकिन्छ।
मेरो दाँत दुखेको थियो, सर्दीले ग्रस्त र तुलशी ड्रप र पर्ल पेस्ट प्रयोग गरें खुबै आनन्द लाग्यो। अनि खोजी गर्दा पश्चिम बंगालको यो एउटै मात्र पहिलो नेटवर्क व्यवसाय रहेछ।कोलकतमा यसको हेड अफिस, र कारखान पनि कोलकता मै छ।
यसको स्थापना भएको पाँच वर्ष भयो। तपाई फ्रीमा रेजिट्रेशन गर्न सक्नु हुन्छ।तर व्यवसाय गर्न कममा पनि रू 1250/_ को प्रोडक्ट किन्नु भयो भने 5%बिभी पाउनु हुन्छ।20% बिभी भए डाईरेक्टर हुनु हुन्छ।अनि त्यो हुनलाई कम से कम तिनलाखको प्रोडक्ट तपाई र तपाईको टिम मिलेर बिजिनेस गरेको हुनपर्छ।यसरी क्रमैले एक दुई वर्षलाग्छ यसलाई बुझन र गर्न।तर प्रोडक्टबाट रिटेल भने साथ साथै पाँउनुहुन्छ।
तसर्थ धेरै रकम दिएर जोईन गर्यो , प्रोडक्ट बेच्न सक्नु भएन भने पैसा खेर गएको जस्तो लाग्न स्वभाविक हो। तसर्थ व्यपार के हो पहिले बुझनु होस।कति व्यपार गर्न सक्नु हुन्छ कति समयमा एउटा लङ्ग टर्म प्लानिङ गर्नुहोस, कुन प्रकारको प्रोडक्टको तपाई अनि तपाईका कस्टमरलाई आवस्यकता छ त्यो बुझ्नु होस अनि कम्पनी कति दरो छ त्यो पनि बुझनु होस तब भने प्रोडक्ट बेस कम्पनीमा नोक्सान कहिले हुदैन।
मेरो सुझाव र अनुभव तपाईहरूलाई सेयर गरे।
,मैले भने आजसम्म यस्ता दुई तीन कम्पनीमा काम गरें तर नोक्सान भने भ्एन।तर साथीको जोड़ जबर जस्तिले गरेको भनेर जता पायो उतै लगानि गर्न सठीक होईन।
तपाई असल "ईन्टरप्रिन्युर"बन्न चाहानु हुन्छ भने नेटवर्कीङ विजिनेसले जति तपाईलाई अशल नेत्रित्व गर्ने ज्ञान दिन्छ अरू कुनै कम्पनीले दिन सक्दैन ! यसको निम्ति या त एमबीए गर्न पर्छ या त लिडरसिप ट्रेनिङको निम्ति पैसा दिएर तालिम लिन पर्छ ।
आजकल त मोबाईल मै एपहरू पनि हुन्छ। कम्पनीको डिटेल्स पनि दिएको हुन्छ।प्रोडक्ट तपाई एउटा दुईटा किनेर प्रयोग गर्नु भए राम्रो नराम्रो चाल पाउनु हुन्छ।तपाईको शरिर र डिफिसेन्सी अनुसार सप्लिमेन्ट्री खान सक्नु हुन्छ र ठूलो बीमारी हुनबाट बाँच्न सक्नु हुन्छ तर तालिम नलिईकन धेर पैसा कमाउन धेर ईनभेष्टमेन्ट गर्नु भने मुर्खता हो।
फ्लाबिया फ्रेस कम्पनीमा आयुरबेदिक डक्टर , ब्युटिसियन ट्रेनर, पनि छन बियुसियन ट्रेनिङ गरेर पनि धेरैले जिविका चलाई रहेका छन।सप्लिमेन्ट्री प्रोडक्ट, तेल ,मसाला, एग्रो प्रोडक्ट, एनिमल फुड प्रोडक्ट पनि छन तर सबै प्रोडक्ट सबैको निम्ति आवस्यकता हुदैन र कम्वोमा दिए पनि बिक्रो गर्न सम्भव हुन्न त्यो पहिले बुझ्न आवस्यक छ। मैले यो कम्पनीको प्रचार भने गरेको होईन तर हिमालय दर्पणको लेखमा सबै नेटवर्कीङ विजिनेस फेक हुन्छ भन्ने कुरोलाई पुष्टी गर्न मात्र यहाँ उदाहरण दिएको हो।
विद्यार्थी तथा वेरोजगारहरू जसलाई व्यपसायमा रूची छ उनिहरूको निम्ति यो अपसन नराम्रो छैन तर परिश्र नै नगरी धनी हुन्छु भन्ने सपना देख्नु, देखाउनु ,जबरजस्ति मेम्बर बनाउनु, र एक लगनि गर्न नसक्नु भने नैरास्य छाउनु बाहेक अरू केही होईन।
थाहा छ जसले प्रोडक्ट बनाउछन उनिहरूले आफ्नो उध्योगमा कति लगानि गरेका हुन्छन? त्यसलाई सुरक्षित राख्न कति नियम कानुन बाट गुजरिन पर्छ ,के हामी पहाड़मा बस्नेहरूले यति ईनभेष्टमेन्ट गर्न सक्छौ? या सरकारले गरिदिएको छ? या त हामीले पहाड़मा लगानि गरेर बाहिर नै यस्ता प्रोडक्ट पठाउन सकेका छौ त्यस विषय पनि सोंचने दिनआएको छ अब।
एउटा मेरो एमफिलको पेपरमा रिसर्च गर्दा पाएको तिन हिल सबडिविजनमा ठूलो कारखाना भनेको अग्रेजले बनाएको तिनधारेको रेल डिपो हो भने रेशम लगायत केही सिलाई- बुनाई कुटिर सिल्प मात्रै थियो यो झण्डै तीस वर्ष अघिको कुरो हो, आज त्यो कारखाना पैरोको माथि छ होला जस्तो लाग्छ ।कालेबुङबाट आउने प्रोडक्टले अझैसम्म पनि रेशमी रूमाल सिलगढ़ीको गर्मीमा पसिना पुछिदैं छ। तसर्थ अर्थ कमाउन, व्यपारी बन्न, एकाग्रता हुन पर्छ, बुझन पर्छ मैले के गर्दै छु, यो ईनभेष्टमेन्टलाई डबल कतिदिनमा बनाउन सक्छु , अनि मेरोमा ईनभेष्टमेन्ट गर्ने क्षमता कति छ।यी कुरा बुझेर नेटवर्क विजिनेस गर्ने सफल मानिसहरूले कतिजनाले सरकारी नौकरीसम्म छोढ़ेर उध्योगमा नै लागेका धेरै उदाहरणहरू छन, । र जे गरे पनि नबुझि केही नगरौं ।फेक कम्पनीको पनि कमि छैन यहाँ थैलोको सुर्को गजबले बाँधौ साथीलाई चोर नलगाऊ भने जस्तो लाग्छ मलाई।यो मेरो स्वतन्त्र विचार हो कसैको पक्ष विपक्षमा बोल्न चाहेको पनि होईन तर मेरो आफ्नो अनुभव सेयर गरें ।।
Comments
Post a Comment