समस्यासितै हास्नेहामी

रमाईलो भेटघाट...हाम्रो गोर्खाल्याण्ड टेरिटोरी दार्जीलिङ् सदरमा। 
दार्जीलिङ्गले केवल दार्जीलिङ्ग  मात्र बुझाउदैन, यसले साथमा कालेबुङ जिल्ला, सदर दार्जीलिङ्ग, खरसाङ महकुमा, सिलगढ़ी महकुमा,साथ साथै तराई र दुवार अञ्चललाई पनि समेटछ भने चियाबारीको ईतिहासले भने  सिक्कीम,पुर्वाञ्चल आशाम, हिमाचल प्रदेश , दक्षिणमा उटीसम्मलाई समेटछ।
तर यी सबै भारतका स्थानहरू मध्य, कसकसले कति शुख पाए कमानमा अनि कसले दुःख झेल्दैछन,त्यसको निवारण के हुन सक्छ आजको परिसथितिमा भन्ने बिचार विमर्स, साहित्यमा चल्न थाल्नु भनेको अशल कुरो हो। यस्ता ज्ञान गुणका कुरा समय समयमा गोर्खाल्याण्डमा हुन अति आवश्यक छ। बधाई छ यहाँहरूलाई।
 हो पर्यटकहरू शितल ताप्न आएका रहेछन, हामी भने दुःख शुख साटन आएका थियौ। पर्यटकहरू चौरस्तामा बसी हाँस्दै थिए,मैले पनि त्यहाँ दार्जिलीङ्ग हाँसेको देखें, तर म भने ज्ञानगुणका कुराले सोचमा परेको थिए,आखिर कहिले कमान र यहाँका बस्तीका श्रमीकहरू हाँस्ने हुन अनि म पनि चौरस्तामा बसी हाँसौंला, भानुभक्तलाई नमन गरौंला,मित्र मिलन सँगै हाँसोको खित्काले यो हिमाललाई लालीमय पारी हाँसौंला ।
श्रीपेच कञ्चनजङगांले भन्ने छ, स्याबास ठिक गर्यौ, मलाई हँसायौ, तेञ्जीङ्ग हाँसे, सगरमाथाले खित्का छोड़्यो, सानो रेल रमायो,लाली गुराँस रमायो।बाँदरहरू जंगल फर्के,परिवार घर आईपुगे,अनिता उ र मेरो छोरो राजा मन्त्री खेल खेल्दैछन भन्ने सुन्न पाँऊ।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा