तिम्रो पनि हो की?

तिम्रो पनि हो कि?

आजकल मेरै ईतिहास लेख्दैछु
याद गर्नुहोस ती दिनहरू
अनि ता लेख्नुहोस
तपाईसितै दफन हुनेछन...
सायद कसैलाई कामलाग्ला
किन व्यर्थ गुमाउनु
यी तिता मिठा अनुभवहरू
रोचक छन, अरू भन्दा भिन्न छन
म आफै आफमा हराएका पलहरू
मैले मेरै पनमा भोगेका मिथ्याहरू
म आफैसित रिशाएका दिनहरू
मलाई मेटाउने रबरहरू
मेरो भाव कोर्ने कलमहरू
मेलो निम्ति आशि बचनहरू
मेरा औंला पक्रेर हिड़ाउनेहरू
मलाई नपाउदाँ रोएका आँशुहरू
मैले औंला समाई हिड़ाएका भविष्यहरू
लौ म लेख्दैछु यस्तै यस्तै पलहरू
भोलीका दिनमा पुस्तक बन्नेछन
कसैले त् अवश्य सेल्फमा सजाउनेछन
कसैले मेरो चर्चा गर्नेछन
यसरी मलाई स्मरणमा राख्नेछन
कसैले च्याती मुरैको खोची बनाउने छन
कसैले त्यसलाई टिपी ठिम्याउनेछन
धत! यो त फलना होईन!
यी मोराले त कबाढ़ पो बनाएछ!
यस्तै यस्तै कल्पना गरें
त्यस समय म न सुन्न स॔कुला
न नै देखन संकुला
केवल नबुझी मुस्कान अवस्य छरौला
थोते दाँतदेखि अरू पनि हाँस्नेछन
डाड़ाको घाम भनि आँशु झार्लान
मृत्युले अगाँल्न खोच्दा
आँशुका धारा बहला
तर म त्यस समय अरू कसैको
काखमा फेरी शिशु भई रूनेछु सायद
बिच बनी फेरी पलाउने छु सायद
कति अनौठो छ जीवन
त्यसमा न तिमी छौ न म नै छु
तर छौ हामी, रहने छौ हामी।।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा