माटो

माटो

म नी   अल्झी  रहे आफैमा
तिमी    बिनाको यो जालैमा
मतस्य कन्या हु की क्यार भन्दै
छटपट गरी रहे  म नी हालैमा

ती सब मिथ्या  हुन भनी नी
जानियो बिगत केही सालैमा
पानी खहरेसित दौड़दैं नाँच्दैमा
सुखी जीवन कहाँ हुन्छ बाँचदैमा

सागर   भेट्न  दौढ़ी  रहे आफै
छालको   उचाईले  भेटेन साँचै
मतस्य  कन्या   फसेछ जालैमा
हर  पल   छटपटि रहे साल सालैमा

हिमाल हेरी    कहिले  रमाए नी
के बिराए  भनी   बिलौना गाएनी
पुग्न नसकी   गन्तब्य  अस्वस्ती
यही गीत म   गाई  रहे  सनै सनैमा!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you