कोवितकाल

हार्दिक श्रद्धाञ्जली

जानेहरूलाई
संसार छाड़ी नजाउ 
भन्न सकिन्न तर
नयाँ जुनी पायौ भने
यो कालो युगलाई
जित्ने गरि आउनु
नयाँ सभ्यताको
पाठ सबैलाई सिकाउनु
हार्दिक श्रद्धाञ्जली लेख्दा
थाकि सक्यो मन
तिमीलाई मौन देख्दा
आत्ति सक्यो मन
आज घर भित्र बाहिर
अभाव छ 
सञ्जिवनीको
परिश्रम कम छैन
 ॠशीमुनीको
संख्या अधिक छ
कतै स्वर्ग र नर्कमा
अभाव छ मानव
 आत्माको......
बौल्हाह भएको छौ
 यमराज!
सन्तुलन कायम 
गर्न सकेनौ ,
या त नयाँ युगको
 निर्मानमा छौ?
विचार गरे है
, सानालाई होईन 
बरू म जस्तालाई
लगे संसारदेखि
 सक्या छु,
भोगि सक्या छु,
 तर,,,तर,,,
तर उसलाई 
नलैजाऊ
लाखेश! 
जसलाई यहाँ
संसारको
 आनन्द लिन
भर्खरै 
उभ्याएका छौ,
नयाँ पाउला 
पलाएको छ,
नयाँ उमंग छ उसमा
यी मेरा हात र मनहरू
श्रद्धासुमन लेख्नसम्म
कापन थालिसक्यो प्रभो!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you