सुकेको सम्झना

सुकेको सम्झना
--------------------
---------------------

कुनै समय थियो हाम्रो सुकेमा पञ्चायत , पञ्चायत समिती अनि जिल्ला परिषदको मतदान भएर यस्तो रौनक हुन्थ्यो! स्व लक्ष्मी कान्त जोशीले जिल्ला परिषद भोट जितेको रौनक यस्तो थियो! 
नेता जनता भनेपछि समर्पित थिए! त्यहा हामी छोरा छोरीलाई पनि कतै स्थान थिएन! त्यसदिन बाबालाई हामीले भेट्नसम्म पाएनौ! ननै वहाँले राजनित गरेर दुई पैसा कसैको ठगे!
बरू आफ्नो धन व्यय गरी समाज उत्थानका काम गरे!
यसरी सबै धन व्यय गरे नानीहरूले के गरी खान्छ?नानीहरूको लागि पनि राख्नु पर्छ भन्ने गर्थे एस एम सरले!
लक्ष्मन तामङ बड़ाले आफ्नो रंग र कुचीले स्लोगान बनाएका थिए,,,,ईच वान टिच वान हाम्रो चिन्ह धनुष बान......यसरी सिचेको स्थान सुकेमा आज भोट नभएको वर्षौ वित्यो!
सुभाष घिसीङसम्म पनि ज्ञान लिन सुके आउने गर्थे!
तर हाम्रो समाजलाई विक्रीतीको कगारोमा पर्दै जादैछ!
नयाँ नेताहरूले पुरानो सुकर्मलाई भुल्दै जादै छन! 
म त ठोकवा गरेर भन्न सक्छु जबसम्म यस्तो उधार दिल भएको नेता जन्मदैन गोर्खे सन्तानमा तबसम्म हाम्रो केही हुन्न! ईमानदारिता र स्वार्थ नभए छुट्टै प्रान्त हाम्रो पहिले नै भई सक्ने थियो! 
अरूलाई भोट हाल्यो भनेल दुःख मान्नु भन्दा पार्टी र नेताले भोट पाईसकेपछि हामी कतिको ईमान्दार रह्यौ त्यो सोच्नु पर्छ!
हल गोरूजस्तो मेलो लक्ष्यमा म पुग्नुपर्छ भनेर हिढ़े किन पुगिन्दैन ! जिद्दी गर्नु पर्छ नी अपसनतिर जानै हुदैन!
म स्कुल छदादेखि सुकेमा भोट हाल्ने रहर थियो तर आजसम्म रहर पुरा भएन!यो कस्तो विडम्वना हाम्रो सम्विधानको शुरक्षासम्म हाम्रो छैन! यस्तो एकडहरू साईन गरेर हामीलाई बञ्चित बनाउने को हुन
न त् अनि किन??

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you