सुकमान दाईको सम्झनामा
आज सुखमान दाईको सम्झनामा, पुष्पजी र मलाई उदघोषनामा के के बोल्ने जन्तर मन्तर धरनामा भनि सल्लाह गर्दै गरेको सम्झना साझा गरें।
हो! अस्मिता भन्ने शब्दको प्रचार केवल दार्जीलिङ्गका गोर्खाहरूको निम्ति मात्र होईन सम्पुर्ण भारत वर्षका गोर्खाहरूको निम्ति हो भन्ने पाठ पढ़ाउन भाषा आन्दोलनका अनुभवलाई लिएर अघिबड़ेका सुखमान दाई हुन।
तर समय समयमा भने हरेश खाने गर्थे, हुदैन हौ यो गोर्खाल्यण्ड त, पनि भन्ने गर्थे साचै भै हालेको खण्डमा पनि वहाँको कालमा नहुने नै रहेछ,त्यो वहाँको आत्माले जानिसकेको कुरो हो की जस्तो अनुभव भई रहेछ।
एका एक प्रिय जनहरूको निधनले मन विचलित भए पनि वहाँहरूसित बसेर गरेको सभा , तर्क आदिमा बस्दा हो हामी यो सघर्षमा सफलता प्राप्त गर्छौ नै जस्तो लाग्थ्यो।
सन दुईहजारमा सिल्पाञ्चल भवनको प्रेक्षा गृहमा मैले सुनेको वहाँको ओजश्वी समभाशण त्यसपछि सन दुईहजार पन्द्रसम्म विभिन्न पोस्ट रहि कार्य गर्दा अझै नजिक आउने मौका पाएकी थिएँ।
परिसघंले सफलता पुर्वक सहिद दुर्गामल्लको सालिग अनावरन संसद भवनको प्रागंनमा गरिसकेपछि,दुवार अञ्जल,अनि अशममा पनि स्थापित गरेका थिए त्यस ताकसम्म।
स्व अमरसिह, जया प्रदा, राजा बुन्देला,तेलेङ्गानाका विधहरूलाई ल्याई छुट्टै राज्यको निम्ति आवाज उठाउन सहयोग आन्दोलन बौधिक रूपमा गरेका थिए।
त्यस समय पुर्व सांसद,भाषा विरङ्गना श्रीमती दिलकुमारी भण्डारी केन्दिय अध्यक्ष, सुखमान दाई महा सचिव थिए।
त्यसपछि भागोपले सातवटा मद्दालाई सिरोउपर गरि हिड़ेको हो। तर कुनै मुद्दामा पनि समपुर्ण रूपले सफलता प्राप्त गर्न भने सकेको छैन, तर कोशिश र कार्य जारी छ।
यस्तो चरम अवस्थमा वहाँको निधन गोर्खा समाजको निम्ति एउटा ठुलो बज्रपात हो।
साम दाम दण्ड भेद,स॔योजन गर्ने कला, कार्य कुशलतामा उनी निपुर्ण थिए। भन्नै पर्दा वहाँ जस्तो संयम भएका व्यक्तीत्वको कमी भविष्यमा हामीलाई अवस्य खटकिने छ।
सबै भन्दा पहिले उठेर मन्दिर पुजन नित्य गर्ने गर्थे। हामी सबै जब बाहिर जान्थ्यौ,त्यससमय अविभावकको रूपम् हुन्थे। कार्यक्रम संञ्चालन गर्दा सधै वहाँले फिडब्याक दिने गर्नु हुन्थ्यो। धेरै कुरो मैले परिसघबाट सिकेको हुँ।
हो सधैदिन कार्य गरिरहदा कहिले मनमुटाव हुनु दुई भाड़ो ठोकिनु स्वभाविक हो, तर केहि समयपछि अवस्य वहाँले सम्झाई बुझाई गरि मेलमिलाप गराउने काम गर्थै।
यति ठुलो छाता संगठनलाई सहयोग गर्नु र निरन्तरता
दिनु भनेको सानो कुरो होईन।
वहाँले राजनितिमा हात हालेका भए पनि सक्नु हुने थियो। प्रसस्त मार्ग खुला थिए उनको निम्ति, तर जाति प्रेमी, भाषा प्रेमी,समाज तत्थानको निम्ति नै कार्य गरिरहनु भयो ।
वहाँको भाषा मिठो थियो। साहित्यमा पनि धेरै कलम चलाए । भाषण दमदार थियो। मन्त्री, सांसद, वुद्धिजिवीहरूको जमघट गराउने कला उनमा थियो। अरूलाई हावाई जहाजमा राखी आफु रेलका सफर गरेका हुन।
आज चिर निन्द्रामा छदा एका एक ती कुराहरू मलाई फल्यासब्याक भईरहेछ।
Comments
Post a Comment