सम्झना नई प्रकाशन

ईतिहासको पाना फेसबुक

फेस बुकको कमाल चाहि के छ भने यसले हरएक दिनको ईतिहास त्यसै दिनमा दोहोर्याई दिन्छ! त्यस्तै एउटा मिठो घटना यस नई प्रकाशनको , यस फोटोले बयान गर्छ!
 चार वर्ष अघी यसै समयमा नई प्रकाशनको " बानिरा गिरी' सम्मान तथा  महिला साहित्यकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको थियो। त्यहाँ जानमलाई मेरो साहित्यकार मित्र भवानी छेत्रीज्युले प्रोतसाहित गरेकी थिईन! त्यसभन्दा पहिले म साहित्य विषय लिएर कहिल्यै काठमाण्डौ गएकी थिईन।
म आफ्नै धुनमा मेरा नानीहरूको  एघार र बाह्रका स्कूल पूस्तक विशेष( भूगोल) लेख्न व्यस्त थिए! त्यसरी पूस्तक लेख्ने क्रममा साहित्य पनि समानान्तर रूपमा लेखिरहे कै थिए! यसरी काम गर्दा कँही न कँही मैले आफ्नो पेशा सँग सँगै भाषा र साहित्यको सेवा गर्ने काम गरिसकेकी रहेछु। मलाई यस कुरोको ज्ञान तब भयो जब भवानीजीले यस कार्यक्रममा जाने सल्लाह दिनु भयो!
त्यसपछि मैले नगेन्द्र दाईसित सम्पर्क गरे! फेस बुकमा साथी पनि भयौ। तर वहाँले मलाई साहित्य विषय भन्दा बड़ी कुनै कुरोमा म मित्रता राख्ने छैन सथै कुनै कुरोमा मलाई ट्यग पनि नगर्नु होला बहिनी भन्ने सर्त राख्नु भयो! मलाई पनि यो कुरो अत्ति राम्रो लाग्यो! अनि वहाँले मलाई एउटा कविता बानिरा गिरीज्यमाथि लेख्न भनी भन्नु भयो! यो राम्रो लागेको खण्डमा प्रकाशित हुनेछ अनि तपाई एउटा साधारण दर्शकको भूमिकामा यो कार्यक्रममा आउन पाउनु हुनेछ!
त्यसै सन्दर्भमा म काठमाण्डौ पुगे । विश्व भरीका महिला साहित्यकारहरूसित भेट घाट भयो। मैले सबै भन्दा अन्तमा आफ्नो परिचय दिने मौका पाए! म नेपाल कै साथीहरूसित विशेष भवानीजी कै साथीहरूसित थिए, त्यसैले जबसम्म आफ्नो परिचय दिएकी थिईन तबसम्म सबैलाई थाहा थिएन , म भारतबाट आएकी हो!
त्यो कार्यक्रम साँचै अति आनन्द दायक थियो! 
ईन्दीरा प्रसाईज्युले सञ्चालन गर्नु भएको नेपालका गन्य मान्य व्यक्तीत्वको समागम, फेरी बानिराजीको खर्साङसितको सम्बन्ध तथा साहित्य शिखर नारीको" रथ यात्रा "मेरो आनन्दको ठेगाना नै थिएन! म यस कार्यक्रमबाट खुशी भएर धेरै अनुभवहरू बटुलेर घर फर्के! त्यस कार्यक्रममा धेरै नारीहरू सम्मानित भए!
मैले नेपालका पचत्तर जिल्लाका सर्जकहरूलाई नजीकबाट हेर्ने मौका पाँए!बड़ो आनन्द लाग्यो!
कार्यक्रम सकिएपछि घर भर्क्यौ! लगत्तै एक महिनापछि भानुभक्त दुईसतवार्षीकी थियो! दुई तीनदिन अघी राती एउटा म्यासेज आयो। साथै फोन कलपनि ,,, नानी तिमीलाई नेपाल सरकारको "सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रशस्तिपत्रतथा स्वर्ण पदक" प्रदान गर्ने भएका छन, आउन सक्छ्यौ? यो नई प्रकाशनको ध्वनी थियो! म खुशीले विभोर भएँ! 
कसलाई सुनाउ यो खुशीको खबर अनि मेरो अविभावक ठुल दीलाई भने, उ पनि खुशी भई अनि लगत्तै एक महिनापछि फेरी नेपालको राजधानी जाने मौका पाईयो।
ती सबै मिठो पलहरू बोकेको फोटो आज फेरी एफबीले ताजा गरायो । 
तर मनमा एउटा प्रश्न रही रह्यो हाम्रो देशमा पनि नेपाली भाषाका एकाईहरू निस्चय नै छन। सरकारले सौलियत दिएका छन सायद , देश विशाल छ तथा दार्जिलिङ्गमा रहेकोले हामीलाई राजनैतिक विफलताको घेरोले घेरीनै रहेको हुदा यस्ता कार्यक्रम र भाषा साहित्य अघीलाउने भव्य कार्यक्रम हुन नसकेकोले होला भाषा साहित्यकारहरू एका अर्कसित जति नै ठोकिए पनि नारीहरूको साहित्यमा त्यस्तो रथ चड़ाई घुमाउने सम्मान भने हुन सकेको छैन।
भरखरै सिक्कीममा भएको अनेसास नारी सम्मेलन डा* पुष्प शर्माज्यु अध्यक्ष सिक्कीम च्याप्टरको अगवाईमा भएको कार्यक्रममा सिक्कीम सरकारले विश्व नारीलाई सम्मान प्रदान गर्नु भयो त्यो अति सराहनिय छ! अब हामीलाई भारत सरकारले पनि त्यस्तै सम्मान दिन पर्छ जस्तो मलाई लाग्छ!
राज्य सभामा विभिन्न जातिका कलाकार, खेलाढ़ी, अभिनेताहरूले स्थान पाए जस्तो नेपाली भाषाका नारी साहित्यकार तथा अनुबादकहरूको पनि स्थान आरक्षित हुन पर्छ,नकी केवल राजनितिज्ञहरूको मात्र!
यस्तै यस्तै भावना आज मेरो मनमा आई रहेछ यो फोटोलाई चार वर्षपछि एफबीले रिमाईण्डर पठाएपछि!
एउटा कुरो अझ के लेख्न मनलाग्छ भने नई प्रकाशनले झै यसरी प्रोतसाहन दिने कार्य अरू संघ सस्थानहरूले पनि गर्ने गरे सायद नै नेपाली भाषा साहित्य विश्वको सर्वोउतकृष्ट भाषा साहित्य बन्ने छ।
अनि विश्वको कुनै कुनामा बसे पनि हामी बाँची रहने छौ!
भारतीय नागरिक हुनाको नाताले अझ यो देवनागिरीलिपीसित गहिरो सम्बन्ध छ! हिन्दी साहित्यले पनि हरएक राज्यले सबै भाषा भाषीलाई जोड़ने अभियान शुरू गर्नु पर्छ!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा