फोबिया

फोबिया

म समय पर्खन्न,
उ समयलाई पर्खी रहन्छ!
मलाई समयमा कार्य
सिध्याउन मन लाग्छ,
उसको के बाध्यता छ?
उसले सिध्याउनै सक्दैन।

अनिता अरूलाई दोस्याउछ
म सुखा रोटीले पेट भर्छु,
उसलाई मसालादार चाहिन्छ
म ठूला आलिशान भोग गर्छु
उसलाई के केले रोकी रहन्छ
चाहेर पनि अघि आँउनै सक्दैन।

उसलाई म सजाउने प्रयास गर्छु
समाजमा उभ्याउने इच्छा राख्छु
तर एउटै खाएर, सगैँ बाँचेर पनि
जीनव सैलै अर्कै अर्कै हुन्छ
त्यसैले होला संसारमा कुनै
व्यक्तीसित अन्यको यहाँ मेल छैन।

तर सभ्यताले भन्छ मेल- मिलाप
जरूरी हुन्छ विवेकशिल प्राणी
बाँच्नको निम्ति, सभ्यता
अघिलाउनको निम्ति र
कतिसम्म मेलमिलाप हुन पर्ने
यसैको मापदण्डको खोजमा छु!

म उसित पारा मिलाउने
कोशिशमा रहन्छु, म सधै
बसुधैव कुटुम्ब कमको मन्त्र
सँगै उसलाई पनि सिकाउने
कोशिशमा रहन्छु, तर परिक्षा
सधै लिन नसक्ने जिवन छ।

उ पास होला के या भयो
त्यो मलाई जान्न उत्सुकता
हुदा नहुदै जिवनले आध्यात्म बोल्छ
कर्म गर फलको आशा नगर।
फेरी त म हाँस्छु हँसाउछु
समय सगैं यात्रातिर लाग्छु
उ मनको भय फोविया मै
जिवन जिउने गर्छ , घरै कुर्ने गर्छ।।

Comments