बन्दुके ढ़ुड़्गा

Good Morning! 
बन्दुके ढ़ुगां
 
यो एउटा चट्टान जसको नाम" बन्दुके ढ़ुगां" हो।यसमा बन्दुकका चित्र कोरीएको छ। यो कसले ,कहिले अनि किन कोरीयो कसैलाई थाहा छैन।
 जंगलको बिचमा खुबै सुन्दर छ! बाटो हिड़दा यसले सबैलाई हेरीरहे जस्तो अनुभव हुन्छ।  बाटाका दुवै भागमा दुई चट्टान खड़ा छन। प्राकृतिक गेट जस्तो देखिन्छ।  पहिलेका मानिसहरूको भनाई छ, लिम्बुहरूको शासन कालमा यो उनिहरूको गढ़ी थियो। कसैले भन्ने गर्छन राम बनवास छदा यही बाटो भएर गएका हुन तेसैले यस बस्तीको नाम "रामजी" बस्यो, र उनी सितै यसको ईतिहास जोड़ीएको छ तर, मलाई त्यसो होला जस्तो लाग्दैन कारण त्यस समयमा धनुष - वाण  प्रयोगमा थियो भने यहाँ बन्दुकको चित्रहरू छन।  जे होस यस शिलाको उमेर निकै पाको छ। धेरै ईतिहास यसले बोकेको हुन पर्छ।
वर्तमानमा भने मानिसहरू सुकेदेखि यहाँसम्म विहान बेलुकी वकमा आउने गर्दा रहेछन। मधेशको गर्मीबाट भागेर पहाड़लागेका पर्यटकसरूको पनि यो एउटा चौतारो बनेको छ।
यी क्षेत्रहरू नेपालसिमा छेवै पर्ने हुनाले साथै आजसम्म पनि घना जंगल भएको , जंगली जानवरहरू बसोवास गर्ने हुदा अनि सितामाताको घर जनकपुर भएको हुदा, हुनै सक्छ उनीहरू घुम्दै यस जंगलसम्म आए होलान तर बन्दुक दुई नाले जस्तो देख्दा भने लेप्चा जगतका लेप्चा र लिम्वुहरूको कुनै युद्धको यसले ईतीहास बोकेको हुन पर्छ! कारण सुकेदेखि उत्तर पूर्वमा लेप्चाजगत छ भने यो शिलादेखि उधो पश्चिमतिर लागे राई र लिम्बुका गाँउ हामी पाँउछौ। आजसम्म पनि शुद्ध लिम्बु राई भाषा बोल्छन यहाँका मानिसहरू, ब्राहमन ,छेत्रीहरू , गुरूङ, डुक्पा पनि छन तर संख्यामा कम छ।
मैले एउटा बुढ़ा सुब्बालाई सोधे , यहाँ किन बन्दुक कोरीएको छ? वहाँले भने पहिलेको जमानामा जंगल र जमिनको निम्ति लड़ाई हुन्थ्यो। यहाँदेखि तलकाहरूले यहाँ बसी आफ्नोसिमा रूङने काम गर्थे त्यसैले सुब्बाहरूले लेप्चा भगाउन यो चटानलाई सिमा बनाएका हुन भन्ने गर्थे हाम्रा बाजेहरूले, यस्तै कथा छ यो चट्टानको भने। त्यो मलाई पनि सत्य लाग्यो। अनि कत्ति पुरानो होला भनि सोधे, उत्तरमा भन्नु भयो, खोई समय यही हो त म भन्न सक्दीन तर निस्चय नै अग्रेज आउन अघीको कुरो हुन सक्छ।उनीहरू आएपछि त चियाको बोट रोप्दा हाम्रो यस्ता ईतिहास पनि सबै मासिदिए। फेरी कसैले खोजी किन गर्थे। मानिस सहरीकरणकोपछि लाग्न थाल्यो यसको ईतिहास कोर्ने कसलाई फुर्सत छ र? म पनि एकैछन घोरीएर हेरे, हो त् हामी पनि तेसै गर्यौ जागिर खान सहर लाग्यौ, ईतिहास कसले कोर्ने ? 
कुनै दिन एउटा पर्यटकले आफ्नो मनका भाव पोखलान, त्यसपछि त्यै नै भाईरल भई बस्छ र ईतिहास बनिन्छ, अनि हामी भन्छौ , हाम्रो ईतिहास मेटीदियो।
मैले जाने बुझेको मार्कजुबरको ईतिहासको पानामा जोड़ी राखें कुनै दिन उसैले खोज्लान अरूको त आशा कमै छ।

Comments