अतित
उत्तर बंग विश्वविद्यालयमा फ्रेसेस वेलकममा मैले आफ्नै हातले सिलाएको र डिजाईन गरेको ड्रेसमा उभिएको पनि अब वर्षौ वितेछ। तर यसरी यस फोटोलाई यहाँ राख्न र वितेका दिन याद गर्ने जमाना यही जुनीमा आउछ होला भन्ने चाहि थाहा थिएन।
यो सबै श्रेय राजीब गान्धीलाई जान्छ।वहाँले भारतमा कम्प्युटर युग नल्याएको भए हामी यसरी नेटमा बसेर मनको कुरो साँटन सक्ने थिएनौ होला।
जब वहाँले यो तकनिकीको बारेमा कुरो राखे तब विपक्षले यसलाई नकारेका हुन। यति ठुलो आबादी भएको देशमा कम्प्युटरले काम गर्न थाले बेरोजगा अझ बढ़छ भन्ने सोंच थियो तर त्यसको ठिक विपरीत हाम्रा ट्यालेन्टहरूले विश्वमा आईटी सेक्टरमा नाम कमाई रहेका छन भने हामी जस्ता कम्प्युटर ईलिटरेटहरू पनि यसको सहायताले केही नभए पनि ईन्टरटेन्टमेन्ट त गर्न सक्षम भएका छौ। त्यतिमात्र नभएर भलो कुसारी साट्न सक्षम छौ।
मलाई थाहा छ जब म सिक्कीममा काम गर्न गएकी थिए सन 1987 को कुरो हो बुबाले मलाई सिलगढ़ीबाट अन्तरदेशीय पत्र यानकी ईगंल्याणड लेटरमा पत्र लेख्नु हुन्थ्यो त्यो वेस्ट सिक्कीम आई पुग्न पन्द्र दिन लाग्थ्यो। अनि मैले बुबालाई तुरन्तै पत्रोत्तर लेखेर पठाउथे त्यो पनि सिलगढ़ी पुग्न पन्द्र दिन लाग्थ्यो भनेपछि एउटा कुरोको जवाब पाउन एक महिना लाग्थ्यो सन 1990 सम्म।
यो तीस वर्षको अन्तरालमा कति ठूलो परिवर्तन आयो।आज हामी सेकेण्ड सेकेण्डमा आफ्नो मनको कुरा एका अर्कामा साट्न सक्छौ।बढ़ो गजबको तकनिकी छ।
यो श्रेयम राजीब गान्धीलाई दिन चाहान्छु यो सोच युवा ह्यानसम नेताको थियो। तर आज उनका छोरोले भने त्यति पारा ल्याएनन।सायद छोरी भने राजनितिमा आए राम्रो हुनेथियो जस्तो लाग्छ मलाई।एक तन्त्रे लोकतन्त्र पनि साह्रै फलदायक हुन्न।लोकतन्त्रमा अपोजिसनको भूमिका महत्वपुर्ण हुन्छ।
तर सोनिया गान्धीको नितिलाई भने म सलाम गर्छु।भारतमा बुहारी जलाउने देशमा बुहारी भएर आफ्नो भूमिका कति सक्षमताका साथ निभाएकी छिन। एउटा बाबुको हत्या भएपछि बघीनी झै आफ्नो परिवारलाई संगालेर छोरोलाई हक दिलाउन आईरण लेडी भै परिवारको मेरूडण्ड भएर उभिएकी छिन। कग्रेसको भविस्य र राजनितिको कुरो गर्न चाहेको होईन तर एउटा विधवाले आफ्नो परिवार धान्न र परिवार अघीलाउन बुहारीको भूमिकामा उनको कुरो गरेको मात्र हो।
Comments
Post a Comment