मन

मन

मन त मनै त... हो नी
कहिले रून्छ उसैको यादमा
कहिले हाँस्छ आशै आशमा
मन त मनै त हो नी....

हिज मात्र दाईलाई चुड़ेर लग्यो
भेनालाई चुड़ी लग्यो
बाबालाई हर्यो निशष्ठुरीले
मन रोई रह्यो...आखिर
मन त मनै त हो...नी...

कल कलाउदा रहरहरू
तिल मिलाउदा बचनहरू
उकाली ओर्हालीमा मुस्कान छर्दै
जिस्कदै हाँसेको याद आउदा
मन रून्छ.. आखिर मन त मनै त् हो नी....

गम्भिर भई ठुली भई टोबलेर
हाँस्दै केही नभए जस्तो व्यस्त छु
मन भारी छ   आँखा रशिए पनि
एउटा मनले कसैलाई नदेखा दुःख भन्छ
आखिर मन त मनै त् हो नी
एकान्तमा रून्छ धुरू धुरू ......

आउछ रक्षाबन्धन जान्छ पनि
तर त्यो माझको समयलाई
अटेरी गरि कठोर मन बनाई
बस्नु भन्छ, आखिर म त मनै त् हो नी...

कस्तो आडम्बर देखाउछ यसले
बाबा औंशीमा पनि नरूनु ल!
भनि आफैलाई फकाई राखेको हुन्छ
नदेखाउनु दुःख अरूलाई यही मन भन्ने गर्छ....

मन त मनै त... हो नी
कहिले रून्छ उसैको यादमा
कहिले हाँस्छ आशै आशमा
मन त् मनै त हो नी।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा