नव‌दुर्गा चालिसा

नव दुर्गा चलीसा

नमो नमो दुर्गे सुख दायिनी
नमो नमो दुर्गे दुःख नाशिनी
निरङ्कार छ ज्योति  तिम्रो
तीनै  लोक    उज्यालो राम्रो
ललाट मुखमा शशि विशाल
नेत्र  राता   मृकुटी    भीषण
मातृरूपा तिम्रो साह्रै सुहाउने
दर्शन गर्ने जनले  सुख पाँउने
संसारको शक्ति र भक्ति  तिमी
पालन हेतु अन्न धन दिने तिमी
अन्नपुर्ण पारी जग पालन गर्ने
तिमी नै अति सुन्दर बाला मन हर्ने!
प्रलयकालको सबै भय तिमी हर्ने
तीमी नै गौरी शिवशङ्कर प्रेम गर्ने
शिव योगी सबैले   गुण गाउछन
ब्रह्म विष्णु  सधै  ध्यान   गर्छन
रूप सरस्वतीको हौ तिमी धारा
देउ सुबुद्धि ऋषि-मुनिलाई सहारा
नरसिंहको रूपमा   तिमी अम्बा
हेर।  प्रकट भयौ   फाड़ी खम्बा
प्रह्लादलाई  रक्षा  गर्यौ   बचायौ
हिरण्यकश्यपलाई  स्वर्ग पठायौ
लक्ष्मीको   रूप    धरी     माते
अंग   समाही      श्री    नारायने
सिन्धु  सिन्धुमा  गर्छौ  विलासा
अंपार दया दिन्छौ मनमा आशा
हिमपर्वतको  तिमी   हौ भवानी
महिमा गर्छन  सबै  नित्य जानी
माता   तिमी    हौ    नव    दुर्गा
तिमी मै छ  शान्ति  सुन्दर स्वर्ग
तिमीलाई   पाउन   सके   प्रभो
हुन्छ रे ! जीवन  सार्थक   हाम्रो
खड़ग  अस्त्र  विराज छ हातमा
भाग्छ डरलै काल समेत साथमा
सोह्रै  तिरशूल  छ  सोह्रै    अस्त्र
उठदा ती, हुन्छन   शत्रु   परास्त
निशदिन   ध्यान    गर्यौ     जसै
काल डर    भाग्छ    पर     तसै
नजान्यो जसले    माताको शक्ती
उसैको डगमगायो जीवनमा भक्ती
शरनागत छौ  हजुरको  चलणमा
जय जय   जगदम्बा भन्छौ मनमा
जब हुन्छिन प्रसन्न माता जगदम्बा
किन गर्थिन   शक्ती  दिन विलम्बा
संसारमा     छ     अति  दुःख कष्ट
उनमा छ   शक्ति   जसलाई गर्छन
आशा    तृष्णाले     सदै सताउछ
तिम्रो ध्यानले  मात्र मोह भगाउछ
शत्रु       नाश    गर        महारानी
गर्छु     भक्ति   तिम्रो       भवानी
कृपा     गर  हे     दयालु     माता
ऋद्धि-सिद्धि     दिने    तिमी दाता
जसै    दयाको     प्रसाद     पाउँछु
तिम्रो भक्ति   सदा  सर्वदा सुनाउँछु
जो दुर्गा चालीसा निशदिन गाउछन
उसले  सब सुख भोग गर्न पाउछन
तिम्रो भक्त    भई    शरणमा पर्दछु
कृपा   ममाथि होस    आशा गर्दछु।।।
-----''''--------""""""--------""""""----

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा